निजगढ,हर्क साम्पाङ्ग नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिकमा बारा जिल्लाबाट १ हजार ४०२ मत पाएको छ ।
सो पार्टीले मधेस प्रदेशबाट ९ हजार १०३ मत प्राप्त गर्दा बारा– १ मा ५९२, २ मा ६५, ३ मा २९६ र बारा– ४ मा ४४९ सहित १ हजार ४०२ मत पाएको हो ।

त्यसैगरी सो पार्टीले पर्सा– १ मा १६४, पर्सा–२ मा १४८, पर्सा– ३ मा ३३३ र पर्सा– ४ मा यो पार्टीले २०३ मत पाएको छ । मधेस प्रदेशका ३२ निर्वाचन क्षेत्रमा सो पार्टीले अपेक्षाकृत कम मत प्राप्त गरेको हो ।
यो पार्टीले महोत्तरी क्षेत्र नम्बर १ बाट मधेस प्रदेशमा सबैभन्दा बढी एक हजारभन्दा बढी मत पाएको छ भने सबैभन्दा कम मत रौतहट क्षेत्र नम्बर ३ मा पाएको छ ।

श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ सप्तरी– १ मा २५३, सप्तरी–२ मा १५७, सप्तरी–३ मा १९० र सप्तरी–४ मा २२२ मत पाएको छ । यस्तै, सिराहा–१ मा २५५, सिरहा–२ मा ३१७, सिरहा– ३ मा ३९० र सिरहा–४ मा १४४ मत पाएको छ । धनुषा–१ मा ४६२, धनुषा–२ मा २१, धनुषा–३ मा ३६३, र धनुषा–४ मा यो पार्टीले ५१८ मत पाएको छ ।
समानुपातिकतर्फ महोत्तरी–१ मा श्रम संस्कृति पार्टीले एक हजार ३०८ मत पाएको छ । यस्तै, महोत्तरी–२ मा ३२८, महोत्तरी–३ मा ७४ र महोत्तरी–४ मा २४ मत पाएको छ । यसैगरी सर्लाही–१ मा ८०१, सर्लाही–२ मा ५३, सर्लाही–३ मा ८७१, सर्लाही–४ मा २७ मत पाएको छ ।

सो पार्टीले रौतहट–१ मा ४५, रौतहट–२ मा १८, रौतहट–३ मा २ र रौतहट–४ मा १० मत पाएको छ । मधेस प्रदेशका ३२ क्षेत्रमध्ये श्रम संस्कृति पार्टीले रौतहट–३ मा तुलनात्मक रूपमा निकै कम मत पाएको हो ।

Leave a Reply