सिमरा, बारा निर्वाचन क्षेत्र नम्बर ४ मा पाँच दलीय गठबन्धनबाट निर्वाचित भएका प्रतिनिधि तथा प्रदेशसभा सदस्यलाई १ सय ५१ किलोको माला लगाएर सम्मान गरिएको छ ।

बारा– ४ मा पाँच दलीय गठबन्धनको तर्फबाट निर्वाचित नेकपा (एस) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रदेशसभा सदस्य जितेन्द्रप्रसाद सोनार (सोनल) लाई स्थानीयले १ सय ५१ किलोको माला लगाएर सम्मानित गरेका हुन् ।

निर्वाचित पश्चात मतदातालाई धन्यवाद दिन पुगेका दुवै नेतालाई विश्रामपुर गाँउपालिका वडा नम्बर ४ को बलिरामपुरमा स्थानीयले १ सय ५१ किलोको माला लगाएर स्वागत गरेको सोनलका स्वकीय सचिव रमेश सर्राफले बताउनुभयो ।

मङ्सिर ४ मा भएको निर्वाचनमा गठबन्धनबाट नेकपा एसका उम्मेदवार श्रेष्ठ, बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा र लोसपाका उम्मेदवार सोनल बारा क्षेत्र नम्बर ४ (ख) बाट प्रदेशसभा सदस्यामा निर्वाचित भएका थिए ।

Leave a Reply