कुनैबेला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेले आफूले संचारकर्म गर्दा जेल भनेको भिआइपी कक्ष हुने होर ? कानुन नमान्ने होर भनेर एक निजी टिभीबाट चिच्चाएको सुनिन्थ्यो ।मुख्यतः नेपालका ठूला राजनीतिक दल र उनका नेताका लागि लक्षित गरेर रविले भनेको कुरा धेरैले सुनेकै हो र आज पनि ती भिडियोहरु जताततै छन् । समय फेरिएपछि आज यो भनाई रविकै लागि लागू भएको छ ।
रवि अहिले भैरहवा कारगारमा रहेका छन् । सहकारी ठगी प्रककरणमा उनी झण्डै चार महिनादेखि त्यही छन् । अब रविले सहकारी ठगी गरेको कुरा पुष्टि हुन बाँकी नै छ अथवा यसको अन्तिम फैसला आउन त बाँकी नै छ तर रविको हिराशतको बसाइलाई लिएर अहिले टिका टिप्पणी भएको पाइन्छ ।
प्रहरी हिराशत वा जेल भनेको अपराध कर्म गरेपछि पाइने सजायँ हो त्यसैले यहाँ भिआइपी भन्ने कुरै भएन । मानव अधिकारका दृष्टिकोणबाट यो गलत होला नै तर जेल वा हिराशत पनि भिआइपी सुविधा खोज्ने हो भने र जेल वा हिराशत र अन्यको के अर्थ रहन्छ होला र ? यो कुरा रवि लामिछानेले भनेकै कुरा हो । त्यसैले पनि जेल वा हिराशतको बँसाइको विषयमा धेरै बहस आवश्यक छैन । बरु रवि निर्दोष भए नभएको विषयमा चाँडो टुंगाउन आवश्यक छ ।रविको पार्टी र शुुभेच्छुकहरुले राजनीतिक प्रतिशोध साँधिएको भनिएको छ तर अदालतबाट ढिला हुँदा यसमा संचय भने पैदा पनि भएको छ । एक खालको आशंका उत्पन्न पनि भएको छ ।बरु यो टुंगाउन आवश्यक छ । दोषी भए त्यही अनुसारको कारवाही होस् निर्दोष भए यो यसैपनि गलत हुन्छ नै । त्यसैले जेलमा सुविधाभन्दा पनि दोषी÷निर्दोषको विषयमा बहस हुन आवश्यक छ ।
















