काठमाण्डौं,प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन ३० मा विश्वासको मत लिने तयारी गर्नुभएको छ ।फागुन २२ गते कांग्रेससँगको सत्ता सहकार्य तोडेर एमाले र रास्वपालाई सरकारमा भित्र्याउनुभएका दाहालले फागुन ३० मा विश्वासको मत लिने तयारी गर्नुभएको हो ।

प्रधानमन्त्री दाहालले विश्वासको मत लिने विषयमा एमाले, रास्वपा, जसपा, एकीकृत समाजवादी लगायतका सत्ता साझेदार दलहरूसँग छलफल गर्ने बताएका छन् । दाहालले संसदीय दलको शनिवार बसेको बैठकमा फागुन ३० मा विश्वासको मत लिनका लागि साझेदार दलहरूसँग छलफल चलाइरहेको जानकारी दिनुभएको थियो ।

यस्तै प्रधानमन्त्री दाहालले राष्ट्रिय सभा अध्यक्ष निर्वाचनका कारण चाँडो सत्तारूढ गठबन्धन दलहरू फेर्नुपर्ने दबाब परेको बताउनुभएको छ । माओवादी संसदीय दलको शनिवारको बैठकमा प्रधानमन्त्री दाहालले राष्ट्रिय सभा अध्यक्ष निर्वाचनको कारण तत्काल राजनीतिक निर्णय लिनुपरेको बताउनुभएको हो । कांग्रेसको महासमिति बैठकले राजनीतिक गठबन्धन फेर्नुपर्ने कुरालाई जोड दिएको बताउनुभएका दाहालले राष्ट्रिय सभा अध्यक्ष निर्वाचनले थप दबाब पुगेको सांसदहरूलाई जानकारी गराउनुभएको हो ।

Leave a Reply