काठमाडौँ,सर्वोच्च अदालतले मधेस प्रदेशका पाँच सांसदको पदमुक्त नगर्न आदेश जारी गरेको छ ।मधेसका सभामुख रामचन्द्र मण्डलले गत कात्तिक २७ गते जसपाका ४ र नागरिक उन्मुक्तिका १ गरी पाँच सांसदलाई पदमुक्त गर्नुभएको थियो । सभामुख पासवानको निर्णयअनुसार जसपाका सांसदहरू मनिष कुमार सुमन, संजयकुमार यादव, सिंहासन साह कलवार र सारदा शंकर साह कलबनर र नागरिक उन्मुक्ति पार्टीकी सांसद उर्मिला सिंहलाई पदमुक्त गर्नुभएको थियो ।
न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले सोमवार मधेसका सभामुख मण्डललाई ती पाँच जना सांसदलाई तत्काल पदमुक्त नगर्न भनेको हो ।
प्रदेश सभामा सभामुख विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि सभामुख पासवानले लगातार १० पटकसम्म प्रदेशसभा बैठकमा अनुपस्थित रहेकोभन्दै ५ जना सांसदलाई पदमुक्त गर्नुभएको थियो । उक्त पदमुक्त गरिएका सांसदहरुले निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका छन् ।
मधेस भवनमा सांसदहरुको धर्ना जारी
जनकपुरधाम,मधेस सरकार गठन बदरको माग गर्दै सात दलीय गठबन्धनका प्रदेश सांसदहरू आज सातौं दिनपनि मधेश भवन अगाडि धर्ना बसेका छन् ।नेपाली कांग्रेस, जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी एकसातादेखि मधेश भवन अगाडि धर्ना दिँदै आएका छन् ।संविधानको धारा १६८ को ३ बमोजिम तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ठूलो दलको हैसियतमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवको नेतृत्वमा गठन भएको सरकार असंवैधानिक रहेकोले बदर हुनुपर्ने सातदलीय गठबन्धनको माग छ ।
यस्तै उनीहरु सर्वोच्च अदालतमा सरकार गठनविरुद्ध दिएको रिटमाथि आज पनि सुनुवाइ रहेको छ । सभामुख रामचन्द्र मण्डलमाथि पनि महाभियोग लगाएर सात दलीय गठबन्धन निरन्तर आन्दोलनमा छन् ।
यो समाचारलाई माथिको समाचारमा बक्स बनाउने ।


















