निजगढ,कसमोस एजुकेशन ट्रेडिङ्ग एण्ड रिसर्ज सेन्टर काठमाण्डौं कोटेश्वरले आयोजना गरेको मधेस प्रदेश स्तरीय रंगरोगन तथा चित्रकला प्रतियोगिता २०८२ मा निजगढ ७ योजना टोलको नेत्रोदय माध्यमिक विद्यालयले चौंथो स्थान हासिल गर्न सफल भएको छ ।मधेस प्रदेशका ८ जिल्लाका विभिन्न विद्यालयबाट अन्तिम चरणमा पुगेका प्रतिस्पिर्धीमध्ये नेत्रोदय माविकी कक्षा ५ मा अध्ययनरत सिर्जना यादव चौंथो स्थान हासिल गर्न सफल हुनुभएको हो । सो प्रतियोगिता अन्तर्गत पहिलो चरणमा सहभागी ७ हजार ४ सय छात्रछात्रा मध्ये ४ हजार २ सय दोस्रो र १०५ जना विद्यार्थी अन्तिम चरणमा पुगेका थिए ।

प्रतियोगितामा नेत्रोदय माविबाट युकेजीदेखि कक्षा ५ सम्मका २८ जना बालबालिका सहभागि थिए ।चौंथो स्थान हात पारेसंग यादवले रु ५ हजार नगद, प्रमाणपत्र र ट्रफी पनि प्राप्त गर्नुुभएको छ ।

Leave a Reply