काठमाडौं,पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनको क्रममा आफू नेतृत्वको सरकारले गोली चलाउने आदेश नदिएको दोहो¥याउनुभएको छ ।बुधबार सामाजिक सञ्जालमार्फत एक लामो स्टाटस लेख्दै उहाँले सरकारको आदेशमा उक्त दिन गोली नचलेको र सरकारले आदेश पनि नदिएको दाबी गर्नुभएको हो ।
‘संसारको जुनसुकै देशका प्रमुख संवैधानिक अंगका कार्यालय रक्षाका लागि सुरक्षाकर्मीले चौबीसै घण्टा हतियार सहित कमब्याट पोजिसनमा उभिएको हुन्छ । उनीहरुले सरकारको आदेश होइन, कानुनको शपथ लिएका हुन्छन्,’ ओलीले भन्नुभएको छ, ‘त्यस दिन पनि सरकारको आदेशमा गोली चलेको होइन, सरकारले आदेश दिएको पनि होइन ।’
बरु उहाँले नयाँ बानेश्वरको निषेधित क्षेत्र तोडिँदासम्म पनि कुनै गोली नचलेको जिकिर गर्नुभएको छ ।

‘म फेरि पनि स्पष्ट पार्न चाहन्छु– तपाईंहरुको माइतीघरको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले कुनै बल प्रयोग गरेको थियो ? थिएन । बानेश्वरको निषेधित क्षेत्र तोडिँदासम्म कुनै गोली चलेको थियो ? थिएन,’ ओलीले भन्नुभएको छ ।उनले केहीदिनदेखि तत्कालीन प्रधानमन्त्रीको रुपमा आफूले नै गोली चलाउनेजस्ता आदेश दिएको भन्दै निराधार हल्ला फिँजाइएको दाबी गर्नुभएको छ ।

‘हाम्रो संविधानले कुनै पनि प्रधानमन्त्रीलाई आफ्नै नागरिकलाई गोली चलाउन आदेश दिन पाउने अधिकार दिएको छैन, र त्यस्तो आदेश मैले कहिल्यै दिएको पनि छैन र आदेश दिन सोच्न पनि सक्दिनँ,’ ओलीले भन्नुभएको छ ।सरकारले त्यतिबेला घुसपैठको सम्भावना भएकाले माइतीघरमा प्रदर्शन रोक्ने निर्णय लिएको उहाँको स्पष्टोक्ति छ । ‘तर जब युवाहरूले शान्तिपूर्ण सभाको अनुमति मागे, प्रशासनले सहजै अनुमति दियो । म स्वयंले पनि अघिल्लो दिन जेनजी सुझबुझ भएका हाम्रा युवाहरू अनुशासित र सचेत छन् भनेर सार्वजनिक रूपमा भनेको थिएँ,’ ओलीले भन्नुभएको छ ।
बरु, योजनाबद्ध रूपमा केही समूहले बालबालिका र स्कुल ड्रेसमा रहेका नानीबाबुलाई अगाडि राखेर संसद् भवनसम्म पु¥याउन खोजेको उहाँको भनाई छ । ‘किनकि उनीहरूलाई थाहा थियो संसद् भवन आक्रमण हुनथाले सुरक्षा निकायले कानुन अनुसार बल प्रयोग गर्नैपर्छ,’ ओलीले थप भन्नुभएको छ ।आफ्नो राजीनामापछि नै सिंहदरबार, राष्ट्रपति भवन सर्वोच्च अदालत लगायत सबै धरोहरहरू जलाइएको उहाँको भनाई छ ।उहाँले खुला रुपमा कुनै पनि मञ्चमा बसेर आफू यसबारे जवाफ दिन तयार रहेको पनि बताउनुभएको छ ।‘म खुला रूपमा कुनै पनि मञ्चमा बसेर उत्तर दिन तयार छु,’ ओलीले भन्नुभएको छ ।ओलीले अन्तिममा थप प्रश्न गर्नुभएको छ । ‘माइतीघरको शान्तिपूर्ण प्रदर्शनबाट ती युवाहरूलाई संसद भवनजस्तो कानुनले बल प्रयोग गर्नै पर्ने ठाउँतर्फ कसले, किन र कसरी लग्यो ? यो प्रश्नको पनि जवाफ खोज्नुहोला ।’

Leave a Reply