बिदुर खडका
डुमरवाना, २३ कार्तिक । नेपाल संबिधान जति सुकै सरकार उचित रहेका भनेता पनि थारुको हक अधिकार समेटन नसकेका थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रिय अध्यक्ष लक्ष्मण थारुको जानकारी दिए । बाराको जितपुर सिमरा उपमहानगरपालिकाको डुमरवानामा थरुहट थारुवान राष्ट्रिय मोर्चा बाराको जिल्ला सम्मेलनमा केन्द्रिय अध्यक्ष थारुले बोल्दै संबिधान संशोधन है कि संबिधानको केहि धारा उपधारा नै खारेजी गरेमा मात्र थारु समुदायको भलो हुने सुनाए ।

 

संबिधानको केहि धारा उपधारामा यस्ता कुरा उल्लेख रहेको छ जुन थारु समुदायको हक अधिकार बिपरित रहेको सुनाए ।
संविधानमा थारु , आदिवासी जनजाती , मुस्लीम , मधेसीको हक अधिकार सुनिश्चित नहुनुको मुख्य कारण विभिन्न पार्टीमा लागेर भएको थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रिय अध्यक्ष लक्ष्मण थारुको जानकारी दिए । थरुहट थारुवान राष्ट्रिय मोर्चाका जिल्ला सम्मेलन कार्यक्रमको प्रमुख अतिथी रहेका थारुले सम्पूर्ण आदिवासी जनजाती समुदाय मात्र एकजुट भए भोली नै संबिधानमा हकअधिकार सुनिश्चित हुने दावी गरे ।

 

थारु समुदायको अधिकार संबिधानमा उल्लेख नहुनुको अर्को मुख्य कारण थारु कल्याणकारीणी सभाको पनि कमि कमजोरी रहेको बताए । थारुमा एकरुपता नभएकै कारणले थारुहरु पछाडी परेको सुनाए । वास्तवमा नेपालको संबिधान अन्य देशको संबिधान भन्दा राम्रो रहे तापनि जनताको अपेक्षा अनुसारको संविधान बनाउन नसेकाले अहिले थारुहरु आन्दोलित भएको थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रिय अध्यक्ष थारुको भनाई रहेको थियो । संबिधानमा केहि मुद्दाको अधिकार सम्बोधन भएपनि देशका हरेक समुदायले संबिधान दिवसका दिन दिपावली मनाउने जनाए ।

 

थरुहट थारुवान राष्ट्रिय मोर्चाको जिल्ला सम्मेलन कार्यक्रममा बारा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य रामबावु कुमार यादव, निर्वाचन क्षेत्र ३ क का प्रदेश सभा सदस्य ज्वाला कुमारी साह, निर्वाचन क्षेत्र ३ ख का प्रदेश सभा सदस्य पारस साह , जिल्ला समन्वय समितिका उप सभापती पवन व्याहुत , आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषदका सभापती रामदास धौजु , थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रिय सदस्य राधा चौधरी , मेहिलाल दास थारु , थारु अगुवा अरुण राय थारु , विरेन्द्र पनुहर, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ बाराका अध्यक्ष दुष्यन्त चौधरी, थारु पत्रकार संघ नेपाल बाराका अध्यक्ष जियालाल चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

 

थरुहट थारुवान राष्ट्रिय मोर्चा बाराका संयोजक रामचन्द्र चौधरीको सभापतीमा सम्पन्न भएको जिल्ला सम्मेलन कार्यक्रममा रुमा चौधरीले कार्यक्रम संचालन गरेकी थिईन् । भने स्वागत मन्तव्य थारु अगुवा रुपलाल चौधरीले गरेका थिए । थरुहट थरुवान राष्ट्रिय मोर्चाको सम्मेलनबाट रामचन्द्र चौधरीको अध्यक्षतामा ३१ समति चयन गरेका बारे थरुहट थरुवान राष्ट्रिय मोर्चाको केन्द्रिय सदस्य राधा चौधरीले जानकारी दिईन् । समिति चयन गर्दा जिल्लामा रहेका हरेक क्षेत्रको थारु समुदायलाई समेटेर समिति गठन गरेको थरुहट थरुवान राष्ट्रिय मोर्चाको केन्द्रिय सदस्य चौधरीले बताईन् ।

Leave a Reply