देश चुनावमा गएसंगै कतिपय राजनीतिक दलहरुले राष्ट्रिय झण्डाको व्यापक प्रयोग गरेको पाइएको छ ।
हरेक देशमा आफ्नो देशको झण्डाको महत्व र अर्थ हुन्छ । नेपालमा पनि राष्ट्रिय झण्डाको गरिमा र महत्व आफ्नै ठाउँमा छ । सरकारले नियम बनाएको झण्डाको मर्यादाका विषयमा सचेत हुनु पर्ने सबै नागरिकहरुको कर्तव्य र दायित्व पनि हो । तर, चुनावको समयमा झण्डको व्यापक प्रयोग गरेको पाइएको छ । अलिक वर्ष अगाडि यसरी चुनावमा राष्ट्रिय झण्डाको खासै प्रयोग हुन्थेन । बरु पार्टीका झण्डा बोकेर नै हिँड्थे ।

पछिल्लो समय भने धेरै दल खुलेसंगै झण्डाको प्रयोग गर्नेहरु पनि बढेको देखिन्छन । दलहरुले राष्ट्रिय झण्डालाई आफ्नो स्वार्थ अनुसार प्रयोग गरेको पनि देखिन्छ । तर त्यस्तो हुनुभएन । यो झण्डाको आफ्नै गरिमा छ । हुन त यो देशमा यही झण्डा बोकेर पनि सिंह दरबार जलाउन गएको पनि देखियो तर यसो हुनु ठीक हुदै होइन ।

सरकारले पनि देशको झण्डाको कहाँ कसरी प्रयोग गर्ने भन्ने कुरा स्पष्ट रुपमा व्याख्या गरेको छ तर यो कुराको सुनुवाइ र कायान्वयन गरेको देखिदैन ।निर्वाचन आयोग र सरकारले कम्तीमा यस्ता विषयमा ख्याल गर्न आवश्यक छ । जसले राष्ट्रिय झण्डाको दुरुपयोग गरिरहेको छ, उसलाई सचेत गराउन आवश्यक छ ।झण्डाको दुरुपयोग भइरहने अनि सरकार मुकदर्शन बनिरहने भन्ने कुरा जायज हुदैन । सरकारले केही त भनेको सुनिन्छ तर सरकारको कुरा कसैले पनि मानेको पाइदैन । अब सरकारको कुरा मानौं, झण्डाको जथाभावी प्रयोग नगरौं । यसको मर्यादा राखौं । अब एउटा असल नागरिकको परिचय दिऔं ।

 

 

Leave a Reply