नरेश गुप्ता
बरियारपुर,बाराका बालबालिकाहरुलाई बुधबारबाट कोभिड १९ विरुद्धको मोडर्ना खोप लगाउन शुरु गरिएको छ ।
देशका अन्य जिल्लामा १२ वर्षदेखि १७ वर्ष उमेरका बालबालिकालाई दिइने मोडर्ना खोप पुष ४ गतेबाट सुरु भइसकेको भएपनि बारामा भने ढिला गरी सुरु भएको हो ।
जिल्लाको प्रसौनी, फेटा, सुवर्णगाउँपालिका, बिश्रामपुर, परवानिपुर गाउँपालिका र जीतपुरसिमरा, कलैया उपमहानगरपालिका र पचरौता नगरपालिकासमेत गरि ८ स्थानीय तहमा बालबालिकाको लागि मोडर्ना खोप लगाउन सुरु गरिएको जनस्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवले जानकारी दिनुभयो ।
अन्य बाँकी ८ वटा स्थानीय तहका विद्यालयहरुले विद्यार्थीहरुको तथ्यांक समयमा उपलब्ध नगराएकोले पुस १८ गतेपछि मात्रै मोडर्ना खोप दिइने स्वास्थ्य अधिकृत यादवले बताउनुभयो ।
विभिन्न स्थानीय तहमा रहेको विद्यालयहरुमा खोप केन्द्र निर्धारण गरि १२ वर्षदेखि १७ वर्ष उमेरसम्मका बालबालिकालाई मोडर्नाको पहिलो डोज सुुरु गरिएको हो । दोस्रो डोज भने पहिलो खोप लगाएको २८ दिनपछि मात्र दिइने जनस्वास्थ्य अधिकृत यादवले जानकारी दिनुभयो । बारा जिल्लामा ९९ हजार ६ सय डोज मोडर्ना खोप आएको उहाँले बताउनुभय