बिदुर खडका
भौतिकवादी समाज बाराको भेलाले संन्दिप चौधरीको संयोजकमा ११ सदस्यीय बारा जिल्ला कमिटी गठन गरेको छ ।
‘अन्त्य गरौं अन्धविश्वास र रुढीवाद, आत्मासाथ गरौं वैज्ञानिक भौतिकवाद’ भन्ने नाराका साथ बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको बेहेरीमा आइतवार भौतिकवादी समाजले भेला तथा छलफल कार्यक्रम आयोजना गरेको हो ।
छलफल कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका नगर प्रमुख राजन पौडेलले मानव जातिले विज्ञानको नियमलाई आत्मासाथ गरेमा जुनसुकै परिस्थितिमा पनि सफल हुने बताउनुभयो । त्यस्तै संविधान सभा सदस्य जयराम दाहालले भौतिकवादी दर्शनलाई चौतर्फी हेलाहोचा भएकोले सर्वसाधारणमा चेतना जगाउनुपर्ने जनाउनुभएको छ ।

नगर प्रमुख पौडेलले नगरले जनहितको लागि सामाजिक रुपान्त्ररणमा लागि परेको धेरै उदाहरण पेस गर्नुभएको थियो ।
भौतिकवादी समाजका अधिकारीहरुले जीतपुरसिमरा उपमहानगरले विज्ञानबिना वैज्ञानिक उत्पादन नहुने भएकोले शिक्षामा विज्ञान विषयलाई प्राथामिकतामा राखेकोमा धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमका अन्य सहभागीहरुले पनि परम्पदारवादी सोच र रुढिवादी शैलीलाई न्यूनीकरण गर्दै सामाजिक सांस्कृतिक रुपन्त्ररणमा लाग्नुपर्नेमा जोड दिएका थिए ।
भौतिकवादी समाजका केन्द्र प्रमुख बैद्यनाथ श्रमजिवी, उमेश साह, संविधान सभा सदस्य जयराम दाहाल, रमाशंकर साह, शौरभ चौगाई, विनोद काफ्लेलगायतले आफ्नो धारणा राख्नुभएको थियो ।

Leave a Reply