बारामा एकजना जनप्रतिनिधिले भारतीय नागरिले नेपाली नागरिकताको प्रमाणपत्र लिएको विषयमा छानबिन गरी कारबाहीको माग गरेको समाचार सार्वजनिक भएको छ ।बाराको पचरौता नगरपालिका– ५ मा एक भारतीय नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र लिएको घटना सार्वजनिक भएपछि पचरौता नगरपालिकाका नगर प्रमुख जालन्धर सिंह जैसवारले सामाजिक सञ्जाल फेसबुकमा सोमवार स्टाटस लेखेर आफ्नो नगरपालिकाका एकजना भारतीय नागरिकले नेपाली नागरिकताको प्रमाण पत्र लिएको भन्दै कडा कारबाहीको माग गर्नुभएको हो । नगर प्रमुख जैसवारले लेख्नुभएको छ– ‘एक भारतीय नागरिकले आफ्नो ससुरा नवल रायलाई बुबा बनाएर बंशजको आधारमा नेपाली नागरिकता प्राप्त गरेका छन ।
भारतको मोतिहारी जिल्ला जितना थाना स्थित बडईला गाँउ निवासी रामजन्म यादवको छोरा ३५ बर्षीय रामकैलाश यादवले साविक गाविस बेलदारी वडा नम्बर ८ बाट नेपाली नागरिताको प्रमाणपत्र लिएका हुन ।’ उहाँले नागरिकता टोलीमार्फत कैलाशले झुटो विवरणको आधारमा नागरिकताको प्रमाण पत्र लिएकाले छानबिन गरी दोषिमाथि कडा कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय बारासंग माग पनि गर्नुभएको छ । उहाा आफैपिन जनप्रतिनिधि हो । उहाँले कारवाही गर्ने अधिकार त नहोला तर चिन्ता गर्नु आफैमा जयाज भएपनि कारवाही कसले गर्ने ?
रामकैलाशले २०६३ फागुन २६ गते गाउँमा आएको नागरिकता वितरण टोलीलाई झुटो विवरण पेस गरेर बंशजको आधारमा नेपाली नागरिकता हात पारेका थिए । नागरिकता वितरण टोली गाउँमा पुगेको बखत तत्कालिन टोली प्रमुख जटेश्वर सिंहको हस्ताक्षरमा उनले ३३०४९÷५०८३ नम्बरको नागरिकता लिएको पनि पुष्टी भएको हो । अब त्यो समयमा नेपालमा धेरै भारतीयहरुले नेपाली नागरिकता लिएका छन् ? कसले छानबिन गर्ने अनि कारवाही गर्ने यो मुख्य कुरा हो । पचरौताका मेयरले उठाएको राष्ट्रियताको विषयमा को गम्भीर बन्ला र खोइ ?

















