काठमाण्डौ – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा जवलाखेल युथ क्लबले हिमालयन शेर्पा क्लबलाई हराएको छ ।मङ्गलवार दशरथ रङ्गशालामा भएको खेलमा जावलाखेल युथ क्लबले हिमालयन शेर्पा क्लबलाई १–० गोलले हरायो । खेलको पहिलो हाफको आत्मघाती गोल नै जावलाखेललाई जितका लागि पर्याप्त भयो ।यो जितसँगै जावलाखेल अङ्क तालिकाको शीर्ष स्थानमा फर्किएको छ । १६ खेल खेलेको जावलाखेको २७ अङ्क छ । हिमालयन शेर्पा २० अङ्कसहित सातौँ स्थानमा छ ।

Leave a Reply