सिमरा,प्रहरीले १० किलो लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । राजमार्गमा सवारी जाँचका क्रममा प्रहरीले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैयाबाट एक जना पुरुषलाई गाँजासहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका १५ का ३७ वर्षीय सूर्य पाख्रिन रहेका छन् । हेटौंडाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना४ख ७१६५ नम्बरको बसमा सवार पाख्रिनले झोलामा लुकाएर ल्याएको अवस्थामा प्रहरीले गाँजा बरामद गरेको हो ।

प्रहरी चौकी पथलैयाका प्रहरी वरिष्ठ नायब निरीक्षक रोशन अधिकारीको नेतृत्वको प्रहरी टोलीले बसमा खोजतलास गर्दा पाख्रिनले झोलामा लुकाएर राखेको अवस्थामा गाँजा बरामद भएपछि उनलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Leave a Reply