कलैया–  प्रादेशिक बाल सहभागिताको कार्य ढाँचाको मस्यौदा तयार पारी बालबालिकाहरुले प्रदेश नं २ का सामाजिक बिकास मन्त्रालयका राज्य मन्त्रि अभिराम शर्मालाई हस्तान्रण गरिएको छ ।  बाल सहभागितामा कार्यरत संस्थाहरुको साझा समूह कन्सोर्टियम–नेपालको आयोजना तथा सामाजिक बिकास मन्त्रालयको समन्वय र सेभ द चिल्ड्रेनको सहयोग तथा संरक्षण नेपाल, जन सेवा नेपालको संयुतm सहकार्यमा संचालित प्रादेशिक बाल सहभागिताको कार्य ढाँचा सम्बन्धि छलपmल कार्यक्रममा मस्यौदामा छलफल गरिएको थियो ।

 

 

संवैधानिक तथा कानूनी व्यवस्था, बाल नीतिको कार्यान्वयन गर्न, बाल सहभागिता सुनिश्चित गर्न टेवा पुग्ने उद्देश्यले कार्यविधि बनाउनुपरेको बताइन् । संबैधानिक तथा कानुनू ब्यवस्था, बाल नितिको कार्यान्वयन गर्न बाल सहभागीता सुनिश्चित गर्न यो मस्यौदाले सहयोग गर्ने कार्यक्रमका प्रमुख अतिथि मन्त्रि शर्माले भन्नु भयो ।

उहाँले बालबालिकाको नेतृत्वमा तयार पारिएको कार्य ढाँचा माथि छलफल गरी छिटै नै मन्त्रि परिषदबाट निर्णय गराई कायान्वयमा ल्याउने मन्त्रि शर्माले भन्नु भयो । उतm प्रादेशिक बाल सहभागिताको कार्य ढाँचा आए पछि प्रदेश तथा स्थानिय तहमा हुने कार्यहरुमा बाल बालिकाहरुको सहमागीतामा सुनिश्चिता हुनेमा जोड दिनु भयो । सो कार्यदाँचा लागु भएमा परिवार तहदेखि समाजहुँदै नीति निर्माणको तह र संविधानसम्म बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गराउनेमा सहयोग पुगने उहाले बताउनु भयो ।

त्यसै गरी कन्सोर्टियम नेपालका अध्यक्ष किरण थापा, गैसस महासंघ प्रदेश नं २ का अध्यक्ष धिरेन्द्र बहादुर सिंह, संस्थाका रामचन्द्र साह, ज्योती तिवारी, प्रभु मण्डल, बाल कल्बका मासुम चौधरी, मिरा राम लगातकाले मन्तब्य राखेका थिए । उतm कार्यक्रम कन्सोर्टियम नेपालका प्रदेश न. २ का संयोजक भाग्यनारायण महतोको अध्यक्षतमा सम्पन्न कार्यक्रमको सहजिकरण बिष्णु खत्री, दिपक ब्सयालले गरिएको थियो भन्ने संचालन संरक्षण नेपालको अध्यक्ष बृजमोहन कुशवाहाले गर्नु भएको थियो । सो कार्यक्रममा प्रदेश न. २ का आठ जिल्लाका बालबालिका, गैसस, कर्मचारीहरु गरी ३५ जनाको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here