दुष्यन्त चौधरी
कलैया, २५ कार्तिक । नेपाल विधुत प्राधिकरण कलैया वितरण केन्द्रका प्रमुख गजेन्द्र चौधरीको आगमन भएदेखि नै विधुत चुहावट नियन्त्रण कार्यमा पहिला भन्दा अहिले सक्रियाता देखाएका छन् । विधुत चुहावट गर्नेलाई नियन्त्रणमा लिई कार्वाहीका काम धामाधम अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय बाराले जानबारी दिए ।
नेपाल विधुत प्राधिकरण कलैया वितरण केन्द्रका प्रमुख चौधरीको कमाण्डमा प्रहरीको समेत टोलीले एकै दिन ३० जना विधुत चुहावट गर्नेलाई पक्राउ गरेका छन् । विधुत चुहावट नियन्त्रण टोलीले सोमबार बिहान करिब ५ बजेको समयमा जिल्लाको फेटा गाउँपालिका वडा नम्बर ३, ४ फेटा गाउँ तथा विश्रामपुर गाउँपालिका वडा नम्बर १ र २ बतरा, बरैनियाबाट ३० जना विधुत चुहावट गर्नेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले बताए ।
गाँउमा अवैध रुपमा विद्युत चुहावट गर्दै आएका ३० जनालाई नियन्त्रणमा लिई अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाए । जिल्ला प्रहरी कार्यालय बाराका एक अधिकृतका अनुसार नेपाल विधुत प्राधिकरण कलैया वितरण केन्द्रका प्रमुख चौधरीले विधुत चुहावट नियन्त्रण गर्नका लागि एउटा छुट्टै हरेक गाउँ गाउँमा सुराकी टोली परिचालन गरेको सुनाए । सुराकी टोलीले दिएको सूचनाको आधारमा नेपाल विधुत प्राधिकरण कलैया वितरण केन्द्रका प्रमुख चौधरीले विधुत चुहावट गर्ने स्थानमा सजिलै पुग्ने गरेको बताए ।