सिम्रौनगढ,आफ्नो स्वामित्वमा जग्गा जमिन हुदाँहुदै पनि भूमिहिन सुकुम्वासीको नाममा भूमि आयोगबाट जमिन लिएको भन्दै जग्गा दर्ता खारेजीको लागि सरोकारवालाले सिम्रौनगढमा मंगलवार पत्रकार सम्मेलन आयोजना गरेका छन ।बारा जिल्लाको पचरौता नगरपालिका वडा नम्बर ७ बेनौलीस्थित कित्ता नम्बर २ को जग्गा १३ कठ्ठा ४ धुर जमिन नेपाल सरकारको एलानी जग्गालाई स्थानीय रामलक्षण राउत कुर्मी र नागेश्वरप्रसाद सहनीले आफूहरु सुकुम्बासी भएको बताएर सो जग्गा आफ्नो नाउमा दर्ता गराउन प्रक्रिया चालेका थिए । जब कि रामलक्षण राउत कुर्मीसँग ५ कठ्ठा ५ धुर खेत र ७ धुर घडेरी छ ।त्यस्तै नागेश्वर प्रसाद सहनीको नाममा १ बिघा १० कठ्ठा जग्गा रहेको छ । साथै उनी अवकाश प्राप्त शिक्षक पनि हुन । सहनीको एक छोरा माध्यमिक विद्यालयमा राहत शिक्षक र अर्को छोरा नेपाली सेनामा कार्यरत छन् । सो जग्गा मध्ये ४ कठ्ठा १२ धुर जमिन नागेश्वर प्रसाद सहनी र ८ कठ्ठा १२ धुर जमिन रामलक्षण राउत कुर्मीले आफ्नो नामा दर्ता गराउन प्रक्रिया सुरु गरेको सोही स्थान निवासी शैलेन्द्र राउत कुर्मीले पत्रकार सम्मेलनमा दाबी गर्नुभएको छ ।
यस सम्बन्धमा पचरौता नगरपालिका, भूमि आयोग बारा, जिल्ला अदालत र अख्तियार अनुसन्धान आयोगमा समेत लिखित जानकारी गराइएको भएपनि हालसम्म कुनै कारबाही नभएको कुर्मीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here