कलैया,गाँजा कारोबारमा संलग्न रहेकोे एउटा पत्रिकाको प्रकाशकलाई बारामा प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले सिम्रौनगढ नगरपालिका वडा नम्बर– ६ का अजितकुमार नुनिया भन्ने अजित कुमारलाई शुक्रवार पक्राउ गरेको हो ।
पक्राउ परेका अजित तिरहुत साप्ताहिक पत्रिकाका प्रकाशक हुन । उनी आफ्नो अवैध कारोबारलाई संरक्षण गर्न केही महिनाअगाडि मात्रै साप्ताहिक पत्रिकाका प्रकाशक बनेका थिए ।

प्रहरीले गएको बैशाख ६ गते पचरौता नगरपालिका वडा नम्बर– ४ बाट दुई सय ३० किलो गाँजासहित रौतहटको फतुवा विजयपुर नगरपालिका–४ का चन्दन पासवानलाई नियन्त्रणमा लिएपछि नुनिया फरार बनेका थिए । पासवानको बयानका आधारमा पत्रिकाका प्रकाशक अजितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।प्रहरी स्रोतका अनुसार पासवान गाँजा बोक्ने भरिया थिए भने प्रकाशक अजित गाँजा कारोबारगर्ने मुख्य व्यक्ति हुन । पक्राउ परेका अजितलाई जिल्ला अदालतले पुर्पक्षकालागि कारागार चलान गरेको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

Leave a Reply