आर.के.चौधरी
सेढवा,जिल्ला प्रहरी कार्यालय पर्सा तथा ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली मातहतका प्रहरी इकाइहरूको संयुक्त टोलीले अवैध गाँजा खेती सोमवार फडानी गरेको छ ।प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा १५ जनाको प्रहरी टोली खटिई जिल्लाको जिराभवानी गाउँपालिका– ५ हरैयास्थित भलुवाही खोलाको बगरमा अन्दाजी १ कठ्ठा र जिल्ला पर्सा पटेर्वा सुगौली गाउँपालिका– ४ फरहदवा स्थित अन्दाजी २.५ कठ्ठा गरी जम्मा ३.५ कठ्ठा जमिनमा लगाइएको करिब ७ हजार ५ सय वटा गाँजाका बोट फडानी गरिएको हो ।फडानी गरिएको गाँजाका बोटहरू सोही स्थानमै नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अवैध लागूऔषध उत्पादन तथा कारोबार नियन्त्रणका लागि यस्ता अभियानहरूलाई निरन्तरता दिइने प्रहरी निरीक्षक प्रकाश थापाले जनाउनुभएको छ ।














