राजन कुमार बानिया
पर्सा ७ पौष,पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ४ लंगडी स्वास्थ्य चौकीमा स्वास्थ्य कार्यालय पर्सा र सुनौलो परिवारको संयुक्त आयोजनामा संचालन भएको निःशुल्क शिविरमा आज ५५ जनाले बन्ध्याकरण गराएका छन ।
सो घुम्ति शिबिरमा पहिलो दिन वीरगञ्ज महानगरपालिकाको लालपर्सा स्वास्थ्य चौकीमा १ सय ६१ जनाले सुरक्षित बध्याकरण गराएका थिए । त्यसैगरी शिबिरको दोस्रो दिन पकहामैनपुर स्वास्थ्य चौकी ५९ जना र तेस्रो दिन छिपहरमाई स्वास्थ्य चौकी सम्भौता ६० जना र धोबिनी स्वास्थ्य चौकीमा गरि ३ सय ३५ जना महिलाहरुले सुरक्षित बन्ध्याकरण गराएको परिवार नियोजन प्रमुख अनिल मिश्राले जनाउनुभएको छ ।

धोबिनी गाउँपालिकाबाट घुम्ति शिबिर टोली बहुदरमाई नगरपालिकाको बिश्रामपुर स्वास्थ्य चौकीमा जाने प्रमुख मिश्राले जानकारी दिनुभयो । परिवार नियोजनको बृहद परिवार योजना घुम्ति शिबिरमा सन्तानको रहर पुरा भएको दम्पतिहरु लागि परिवार योजना बन्ध्याकरण सेवा मिनिल्याप र भ्यासेक्टोमी सेवा साथै लामो अवधी लागि अस्थायी साधन (आईयुसीडी) ईम्पलान्ट निःशुल्क गरिने भएकोले ईच्छुक दम्पतिहरुले समयमै निःशुल्क सेवा लिरहेको स्वास्थ्य कार्यालय पर्साका परिवार नियोजन प्रमुख मिश्राले जनाउनुभएको छ ।

Leave a Reply