हेटौंडा – हेटौैडाको मानव सेवा आश्रममा आश्रीतहरुलाई आज गृह प्रवेश गराइएको छ । आश्रमको ऐतीहासिक घोषणा दिवसका अवसरमा गृह प्रवेश गराइएको हो । हेटौंडा ४ कर्रामा भाडामा लिएको घरमा सडकमा कष्टरकर जिवन वेतीन गर्दै आएकाहरु वस्दै आएपनि अहिले भने आश्रममा राखिएको हो । हेटौंडा ९ लामसुरेमा निर्माण गरिएको आश्रमको नयाँ भवनमा कर्राको भाडाको घरमा वस्दै आएकाहरुलाई गृहप्रवेश गराइएको छ ।
बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाइएको प्रमुख आतिथ्यतामा ऐतीहासीक घोषणा दिवस संगै गृह प्रवेश समेत गराइएको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशसभाका सदस्यहरु मुनु सिग्देल, जुनेली श्रेष्ठ, बागमती प्रदेशका लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुणासैनी, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामा, भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा लगायतकाको आतिथ्यता रहेको थियो । नयाँ भवन निर्माण भएसंगै भाडाको घरमा आश्रममा आश्रीतहरुलाई राख्नुपर्ने बाध्यता हटेको छ ।