कलैया,नेपाली कांग्रेसको केन्द्रीय प्रतिनिधिको रूपमा बारामा खटिनुभएका बिमलेन्द्र निधिको भूमिकालाई लिएर पार्टी कार्यकर्ताहरुले प्रश्न उठाएका छन ।क्रियाशील सदस्यता वितरणसम्बन्धि समस्या समाधान गर्न आज बारा आउनुभएका नेता निधिले विगतको सहमति अनुसार असन्तुष्ट पक्षको माग शंवोधनमा चासो नदेखाएपछि कार्यकर्ताहरुले विरोध जनाएका हुन । बारा कांग्रेसको विवाद सल्टाउन यसअघि भएको क्रियाशील सदस्यता विवाद समाधान गर्न आफ्नै अध्यक्षतामा भएको बैठकको सहमति र निर्णय कार्यान्वयन गर्न पहल नगरी बैठकबाट बाहिरिएपछि रुष्ट बनेका कार्यकर्ताहरुले पार्टी कार्यालयमा पत्रकार सम्मेलन नै गरेर निधिको भूमिकाको विरोध गरेका हुन ।

बारा क्षेत्र नम्बर १ का महाधिवेशन प्रतिनिधि सिकेन्द्र पासवानले सहमति अनुसार क्षेत्र नम्बर १ मा नयाँ क्रियाशील सदस्यत फर्म र पुरानो नवीकरण फारम क्षेत्रीय सभापती विजयकिशोर यादवलाई उपलब्ध गराउनु पर्नेमा जिल्ला सभापती राजेश राय यादवले षडयन्त्र गरेर आफू निकट वडा सभापतीहरुलाई मात्र फारम वितरण गरेको बताउनुभयो । उहाँले नेता निधि पनि सभापती यादवको षडयन्त्रको भागिदार बनेको आरोप लगाउनुभयो ।त्यसैगरी महासमिति सदस्य शम्भुबहादुर बुढाथोकीले पनि क्षेत्रीय कार्यसमितिलाई बाईपास गरेर एकलौटी रुपमा फारम वितरण गरिएको र जिल्ला सभापती राजेशले बारामा पार्टीको १५औं अधिवेशन भाड्न खोजेको आरोप लगाउनुभयो । बिधान विपरित वितरण भइरहेका फारम रद्द नगरिए त्यसको कडा प्रतिकार गर्ने बुढाथोकीको चेतावनी छ ।

बारा क्षेत्र नम्बर १ ‘ख’का सभाती टेकबहादुर लामा र निजगढ नगर सभापती नवराज तिमल्सिनाले पनि सहमतिलाई अक्षरस पालन गरेर पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा केन्द्रीय प्रतिनिधि निधिले सन्देहात्मक भूमिका प्रदर्शन गरेको बताउनुभएको थियो ।

केन्द्रीय प्रतिनिधि निधिको अध्यक्षतामा २०८२ असार १६ गते बाराका नेता–कार्यकर्तासहित काठमाडौंमा भएको बैठकमा भएको सहमति कार्यान्वयन गर्ने क्रममा जिल्ला कार्यसमितिको बैठकमा सहभागी हुन बारा आउनुभएका निधि बैठकमा मन्तव्य राखेपछि कार्यकर्ताको कुरा नसुनी काठमाण्डौं फर्किएपछि कार्यकर्तामा आक्रोश बढेको हो ।कांग्रेस सहमहामन्त्रीहरु फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी, जिल्ला सभापती राजेश राय यादव, क्षेत्रीय सभापतिहरु विजयशंकर यादव, रामप्रवेश यादव, प्रभातकुमार चौरसिया, सुनिलकुमार गुप्ताको उपस्थितिमा काठमाण्डौंमा भएको सो बैठकले जिल्लामा क्रियाशील सदस्यता वितरण गर्दा केन्द्रबाट जिल्लामा आएको पुरानो क्रियाशील सदस्यताको सुचि र नवीकरण फारमहरुलाई प्रक्रिया अनुसार नवीकरण गर्ने, १४औं महाधिवेशनको समयमा १६ वटा पालिकामामध्ये क्रियाशील सदस्यता फारम स्थगित रहेकाका पालिकाहरुमा केन्द्रीय छानविन समितिले १५औं महाधिवेशनमा भाग लिने गरी गरेको निर्णय अनुसारको नामावलीको सुचि केन्द्रीय कार्यालयबाट तत्काल लिएर आवश्यक प्रक्रिया पूरा गरी नवीकरण कार्य सम्पन्न गर्ने गराउने निर्णय गरेको थियो ।

त्यसैगरी बैठकमा क्षेत्र नम्बर १ मा क्रियाशील सदस्य नवीकरणको लागि फारम वितरण नभएकोले तत्काल प्रक्रियाअनुसार वडा तहसम्म वितरण गर्ने, क्षेत्र नम्बर२ मा क्षेत्रीय सभापतीसंग फारम पुगेको तर वडा तहसम्म वितरण हुन् बाँकी रहेकोले त्यसलाई वडामा वितरण गर्नेे र क्षेत्र नम्बर ३ र ४ मा मा वडा तहसम्म वितरण फारम वितरण भएइसकेकोले प्रक्रियाअनुसार तत्काल सम्पन्न गर्ने गराउने निर्णय गरेको थियो ।त्यस्तै बैठकमा केन्द्रीय छानबिन समितिले १४औं महाधिवेशनको लागि स्थगीत भएको तर १५औं महाधिवेशनमा भाग लिने गरी गरेको निर्णय गरेको क्रियाशील सदस्यहरुको नामावालीको सुचि र फारम केन्द्रीय कार्यालयबाट तत्काल प्राप्त गर्ने र सो प्राप्त गरेपछि केन्द्रीय प्रतिनिधि विमलेन्द्र निधिको उपस्थितिमा जिल्लाका सबै क्षेत्र, प्रदेश, पालिका र वडाका सभापतीहरुको अनिवार्य उपस्थितिमा जिल्ला कार्यसमितिको बैठक गरेर आवश्यक निर्णय गराउने निर्णय गरेको थियो ।

Leave a Reply