कास्की, चितवन र अन्य केही जिल्लामा पनि वडा तहसम्म सत्तारुढ गठबन्धनले तालमेल गर्ने निर्णय गरेका छन् । संभवतः गठबन्धनका लागि यो खुसीको कुरा होला र जिल्लामा भएको यो निर्णय जसले सत्ता गठबनधनलाई चुनाव जित्नका लागि थप सहज हुनेछ । स्थानीय तहको चुनावको मिति त नजिकिदै छ । चुनाव नजिकिएसंगै दलहरुले तालमेल गर्नु पनि स्वभाविक हो ।
तर, बारा र पर्साको सवालमा वा मधेश प्रदेशकै सवालमा के हुन्छ भन्ने प्रश्न बढी उब्जिएको छ । मधेश प्रदेशकै एकमात्र महानगर वीरगन्जमा चुनावी तालमेल नगर्ने कांग्रेशका स्थानीय नेताहरुको भनाइ देखिन्छ । यसो हुँदा वीरगन्जमा के होला र यस आसपासका अन्य स्थानीय तहमा के होला भन्ने कुराको पनि चासो छ । त्यसो त गठबन्धन सहज पनि नहोला ।
काँग्रेसको एक पक्षले गठबन्धनको बिरोध गरिरहेको अवस्थामा यो कत्तिको टिकाऊ हुन्छ भन्ने प्रश्न पनि उब्जिएको छ । पार्टीको निर्णयलाई कार्यकर्ताहरुले कत्तिको साथ दिन्छन् भन्ने पनि देखिन्छ । त्यसो त काँग्रेसलाई इत्तर पक्षले कति मत दिन्छ र काँग्रेस बाहेकका दलका कार्यकर्ता कत्ति इमान्दार हुन्छन् भन्ने पनि देखिन्छ । त्यसैले पनि गठबन्धन सहज कहाँ छ र ?