कलैया, बसको ठक्करबाट ड्युटीमा रहेका ट्राफिक प्रहरी जवानको मृत्यु भएको छ ।जितपुर सिमरा उपमहानगरपालिकाको अमलेखगञ्ज चोकमा राति ड्युटीमा खटिएका ट्राफिक प्रहरी जवानको बसको ठक्करबाट मृत्यु भएको हो । काठमाडौंबाट काँकरभिट्टाको तर्फ गइरहेको बागमती प्रदेश ०१–००ख ६१२३ नम्बरको बसको ठक्करबाट अमलेखगञ्जमा कार्यरत प्रहरी जवान मुनटुन यादवको मृत्यु भएको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले बताए ।अमलेखगञ्ज चोकमा शुक्रबार राति सवा ११ बजे ड्युटीमा खटिएका ट्राफिक प्रहरी यादवलाई बसले ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको बाराका न्यौपानेले जानकारी दिए । उनका अनुसार रातिको समयमा चोकमा खटिएका प्रहरी जवान यादवले चेकजाँचको लागि रोक्न खोज्दा बसको ब्रेक नलागेर यादवलाई ठक्कर दिएको थियो।प्रहरी जवानलाई ठक्कर दिएको बसलाई नियन्त्रणमा लिएको छ भने मृतक यादवको शव वीरगन्जको नारायणी बयोध्या मेडिसिटी अस्पतालमा राखिएको उनले बताए । मृतक प्रहरी जवान यादव पर्साको छिपहरमाई गाउँपालिका मिर्जापुर निवासी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply