सिमरा,पर्सा राष्ट्रिय निकुञ्जले अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्दा वन्यजन्तुका लागि पानीको पाइप पनि सँगै बिछ्याउनु पर्ने सर्त राखेको छ ।निकुञ्जले वन्यजन्तुका लागि वर्षभरि नै पानीको अभाव हुने यस क्षेत्रको समस्याको दीर्घकालीन समाधानका लागि यस्तो प्रस्ताव अघि सारेको हो । चुरे र भावर क्षेत्रमा फैलिएको निकुञ्जमा स्रोतको अभावमा वर्षभरि नै वन्यजन्तुले खाने पानीको अभाव हुने गरेको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले एउटै खर्चमा दुईवटा पाइप बिछ्याउन सकिने र यही सर्तमा मात्रै पाइपलाइनको वातावरणीय प्रभाव अध्ययन (ईआईए) गर्न अनुमति दिने जानकारी दिनुभयो । उहाँले पानीको पाइप नराखे आफ्नो क्षेत्रमा स्वीकृति नदिने स्पष्ट पार्नुभएको छ ।निकुञ्जले यो प्रस्ताव वन्यजन्तु विभागमार्फत वन मन्त्रालयमा समेत पठाइसकेको छ ।

भारत सरकारको सहयोगमा नेपाल आयल निगमले अमलेखगञ्जदेखि चितवनको लोथरसम्म ६२ किलोमिटरमा करिब तीन मिटर गहिराइमा पेट्रोल र डिजेलको पाइप बिछ्याउने योजना शुरु गर्न लागेको छ । खतिवडाका अनुसार पेट्रोलियम पाइपभन्दा माथि पानीको पाइप राख्न सकिनेछ ।निकुञ्जले बागमती र मधेस प्रदेशका मकवानपुर, बारा र पर्सा गरी तीन जिल्लालाई समेटेको छ, जहाँ वर्षभरि नै पानीको अभाव हुने गरेकाले यस निकुञ्जका वन्यजन्तु बस्तीमा पुग्ने र मानव–वन्यजन्तु द्वन्द्व बढ्ने गरेको छ ।

हेटौडाको राप्ती नदीको पानी ६ इन्चको पाइपबाट निकुञ्जसम्म ल्याउन सकिएमा वन्यजन्तुलाई पानीको कहिल्यै पनि अभाव नहुने खतिवडाले बताउनुभएको छ । उहाँले सो पानी अमलेखगञ्जका जनता, कृषि उत्पादन र निकुञ्जका वन्यजन्तु सबैले उपयोग गर्नसक्ने र यसको लागत आयल निगमले बेहोर्नुपर्ने सर्त राख्नुभएको हो ।
अमलेखगञ्ज– लोथर पाइपलाइन आयोजनाका लागि भारतीय आयल निगम कर्पोरेसन (आईओसी)ले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार पाइपलाइन निर्माणका लागि ४ अर्ब २८ करोड ८० लाख र भण्डारगृहसहित ग्रीन फिल्ड टर्मिनल निर्माणका लागि ९ अर्ब ८० करोड ८० लाख गरी कुल १४ अर्ब ९ करोड ६० लाख लागत लाग्ने उल्लेख छ ।तर पाइपलाइन विस्तार परियोजनाका सिनिअर इन्जिनियर ऋषि अधिकारी भने पेट्रोलियम पदार्थ र पानीको पाइपसँगै विस्तार गर्ने विषयमा हालसम्म कुनै जानकारी नभएको बताउनुभएको छ । अमलेखगञ्ज– लोथर पाइपलाइन परियोजनाका प्रमुख प्रदीप यादवले पानीको पाइप राख्ने विषयमा मन्त्रालयबाट निर्णय भएर आएमा कुनै समस्या

Leave a Reply