वीरगन्ज,प्रहरीले वीरगन्ज महानगरपालिकाबाट ५ जना जुवाडेलाई पक्राउ गरेको छ ।

वीरगन्ज महानगरपालिका– ९ गहवा स्थित रमेश खड्गीको खाजा नास्ता र मदिरा समेत खानपीन गर्ने होटलमा जुवातास खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले ५ जनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका– ८का ४० वर्षीय अशोक कुमार कानु, वीरगन्ज महानगरपालिका– ८ कै ३३ वर्षीय दिपलाल चौरसिया, वीरगन्ज महानगलपालिका ७ का २५ वर्षीय अर्जुन तुरहा, वीरगन्ज महानगरपालिका– १६ का ५० वर्षीय सानु शाही र वीरगञ्ज महानगरपालिका–५ का ४८ रमेश खड्गी रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले ९३ हजार १५० नगद बरामद गरेको छ ।

 

Leave a Reply