सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकाले माग गरेको चार वटा ठुला आयोजना राष्ट्रिय योजना आयोगको सूचीमा परेको छ ।आयोगले आर्थिक वर्ष २०८०÷०८१ का लागि बजेट विनियोजन गर्ने क्रममा जीतपुरसिमराबाट माग भएको चार योजना छनौट गरेको हो ।आयोगले छनौट गरेको चार योजनामध्ये दुई वटा कालोपत्रे सडक र दुई वटा सिँचाइ सम्बन्धि रहेका छन । उपमहानगरपालिकाले पुस अन्तिम साता आयोगलाई पत्राचार गर्दै १० वटा आयोजना माग गरेको थियो ।उपमहानगरद्धारा माग गरिएका आयोजनामध्ये समपूरक अनुदानतर्फ हात्तिसार–फत्तेपुर–गुलरिया टोल–ठुलो मटरियादेखि मथुरापुर र जीतपुर–बकुलिया–आमाडार–खैरहवा–फत्तेपुर–बडहर्वासम्म पुग्ने कालोपत्रे सडक छनौट भएको छ । तीन वर्षको निर्माण अवधि राखिएको उक्त दुई कालोपत्रे आयोजना लागि आयोगले आगामी आर्थिक वर्षमा समान दुई÷दुई करोड विनियोजन गरेको छ । उक्त आयोजनाका लागि कुल २५÷२५ करोड रकम विनियोजन लक्ष्य आयोगले लिएको छ ।यसैगरी सिँचाईतर्फ जीतपुरसिमरा ८ मा गम्मरगावा सिँचाई र जीतपुरसिमरा ७ मा सगरदिना बाँधपैनी सिँचाइ आयोजना छनौटमा परेको छ । कुल पाँच करोड ७८ लाख अनुमान गरिएको गम्मरगावा सिँचाईतर्फ आगामी आर्थिक वर्ष लागि एक करोड ३५ लाख बजेट विनियोजन गरिएको छ ।
यस्तै सगरदिना बाँधपैनी सिँचाईका लागि एक करोड १५ लाख बजेट विनियोजन भएको छ । सगरदिना बाँधपैनीका लागि चार करोड ८७ लाख बजेट खर्च हुने अनुमान गरिएको छ । सिँचाइका दुबै आयोजनाको निर्माण अवधी पनि तीन वर्षको हुनेछ ।योजना आयोगले प्रस्ताव पेश गर्न माग गरे बमोजिम उपमहानगरपालिकाले पुस २९ गते १० वटा विभिन्न योजना समेटेर लागत अनुमानसहित आयोजना माग गरेको थियो । उपमहानगरपालिकाको कार्यालयबाट योजना छनौट भएपछि प्रशासकीय अधिकृत बालाराम खड्काले आयोगमा पत्राचार गर्नुभएको थियो ।

Leave a Reply