मकवानपुर,२१ मंसिर । हेटौंडा उपमहानगरपालिकाले बाल विवाह अन्त्यका लागि भन्दै यो आर्थिक बर्षका लागि बिभिन्न रणनीतिहरु पारित गरेको छ । प्रदेश नम्बर तीन सरकार प्रदेशलाइ नै बालविवाह मुक्त बनाउने भनेर कम्मर कसेर लागेको छ तर हेटौंडा उपमहानगरपालिकाको एक वडामा हालै बाल विवाह भएको घटना सार्वजनिक भएको छ ।

 

सो वडामा बाल विवाह मात्र नभइ विवाह भोज समेत आयोजना गरिएको र रत्यौली समेत गाउँलेहरुले खेलेको समाचार प्राप्त भएको छ । स्थानीयहरुका अनुसार हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १६ स्थित त्रिभुवन माविको कक्षा ९ मा अध्ययनरत एक किशोरले जनप्रियमाविमा कक्षा ११ मा अध्ययनरत एक किशोरीलाई भगाएका हुन् । १७ बर्षका किशोरले लगभग १७ बर्षर्क ती किशोरीलाई भगाएको र करिब एक सातापछि उनीहरुलाई परिवारका सदस्यहरुले नै घरमा ल्याएर भोज समेत आयोजना गरेको स्थानीयहरुले बताएका छन् । भोजमा स्थानीयहरुको पनि सहभागिता थियो ।

तीन बर्षसम्म कैदको सजायँ
नेपालको संबिधान २०७२ले बालविवाहलाई गैर कानुनी भनेको छ । कुनैपनि ब्यक्ति २०m बर्ष पूरा नगरी विवाह गरेमा सजायँ हुने ब्यवस्था संबिधानमा नै स्पष्ट रहेको जिल्ला कानुनी सहायता समितिकी अधिवक्ता अप्सरा बस्नेतले बताइन् । उनका अनुरसार बाल विवाह गरे गराएकोमा पाइएमा तीन बर्ष कैद सजायँ र ३० हजारसम्मको जरिवानाको ब्यवस्था संबिधानमा गरिएको छ ।

 

तर,वडाका जनप्रतिनिधि,नागरिक अगुवा,महिला अगुवा लगायतले भने घटना थाहा पाएर पनि नपाएको जस्तो गरेका छन् । हरियाकी स्थानीय निर्मला पौडेलका अनुसार बिहे भोज गाउँमा आयोजना गरिएको आफूले थाहा पाएको तर आफू भोजमा सहभागी नभएको बताइन् । त्रिभुवन मावि हेटौंडाका प्रअ मनोज पाठकले आफ्नो बिद्यालयको छात्राले किशोरी भगाएको आफूले पनि जानकारी पाएको र उक्त किशोर बिद्यालयमा अहिले नआएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here