कृपा संवाददाता
कलैया , १४ कात्र्तिक । बाराको करैयामाई गाँउपालिका वडा नम्बर ८ स्थित रहेको ईंगलिश जोन पब्लिक स्कूलको नवनिर्मित भवनको उदघाटन बुधबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । एक दशकको कडा परिश्रमको बाबजुद आफ्नै भवनबाट पठनपाठन संचालन गर्न सफल भएका बारे सो स्कुलका पूर्व प्रधानाध्यापक भुपेन्द्र चौधरीले जानकारी दिनुभयो ।
एक दशकबाट संचालित सो अंग्रेजी विद्यालयले समुदाय स्तरमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेकोमा हिन्दुहरुको महान पर्व शुभ दिपावली तथा छठ पर्वको पावन अवसर पारेर नव निर्मित भवनको उदघाटन गरेको बारे पूर्व प्रधानाध्यापक चौधरी बताउनुभयो । बारागढी गाँउपालिका र करैयामाई गाँउपालिकाको केन्द्र रहेको सो स्कुल आफ्नै सुबिधा सम्पन्न अढाई तल्ले भवनमा कम्पयुटर सहितको प्राविधिक तथा आधुनिक शिक्षा प्रदान गर्दै आएका हुन् ।

 

करैयामाई गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष दिनेश चौधरीले यस अंग्रेजी बोर्डिङ्गले गुणस्तरिय शिक्षामा एक नम्बर ल्याओस र अभिभावकलाई बढी भार नथप्न विद्यालय संचालकलाई सुझाव दिनुभयो । त्यसैगरी नेपाल पत्रकार महासघका उपध्यक्ष रामबाबु मेहताले शुभकामना मन्तव्यको क्रममा प्रत्येक शैक्षिक सत्रमा पाठ्यपुस्तक र पोशाक फेरिनाले अभिभावकमाथि अनाश्यक भार पर्ने भएकोले यसलाई मनन गरि त्यसो नगर्न आग्रह गर्नुभयो ।

 

गुणस्तरीय शिक्षा आजको आवश्यक्ता रहेकोमा यस बोर्डिङ्गले दश सालको मिहिनेत र शिक्षाप्रतिको लगावले व्यवसाय नकी डिजिटल तथा बैज्ञानिक तवरले शिक्षा प्रदान गर्दै आएको बारे प्रधानाध्यापक पुजा फौजदारले जानकारी दिईन् । यस ग्रामिण भेगका बालबालिका अंग्रेजी शिक्षाको लागि कलैया विरगंज जाने बाध्यता थियो, सोको विकल्पको रुपमा गुणस्तरिय र प्रभावकारी शिक्षा सेवाको रुपमा दिइने प्रतिबद्ध रहेको प्रधानाध्यापक फौजदारले बताउनुभयो । उक्त विधालयका जेहेन्दार विद्यार्थी राधिका चौधरीको हातबाट पानसमा बति बालि तथा करैयामाई गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष दिनेश चौधरी र जग्गादाता लोकेन्द्र फौजदारको संयुक्त रुपमा रिबन काटी भवनको उधटघान गरेका हुन् ।

कार्यक्रममा शिक्षकको तर्फबाट अर्जुन चौधरी , अभिभावकको तर्फबाट जितेन्द्र चौधरी लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका सह सचिव एवम् कृपा दैनिकका दुष्यन्त चौधरी, कार्यसमीति सदस्य पन्नालाल दास र नरेश गुप्ता लगायत जनप्रिनिधि, अभिभावक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
साढे ६ कठ्ठा ८ धुरमा फैलिएको विद्यालयमा खेलमैदान सहित विद्यार्थी ओसार पसारको लागि बस सुबिधा समेत प्रदान गर्दै आएको छ । सो बोर्डिङ्ग स्कूल एक अबल महिला पुजा फौजदारले प्रिन्सिपलको रुपमा समेत संचालन गर्दै आएकी हुन् । उक्त कार्यक्रमको अध्यक्षता सुनिता चौधरी तथा संचालन पूर्व प्रधानाध्यापक भुुपेन्द्र चौधरीले गर्नुभएको थियो । भने स्वागत मन्तव्य प्रमानन्द चौधरीले गर्नुभएको थियो ।

Leave a Reply