वीरगंज,६ कार्तिक ।
लेड (सिसाको कण) विषबाट बचावटका लागि सचेतना सप्ताह २०७९ वीरगंजबाट आईतबार शुभारम्भ गरिएको छ ।

जनस्वास्थ्य तथा वातावरण केन्द्र (सिफेड)ले विश्व स्वास्थ्य संगठन , स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ,राष्ट्रिय स्वास्थ्य शिक्षा र सुचना तथा संचार केन्द्रको सहयोग तथा सुर्योदय युवा क्लबको सहकार्यमा लेडको विषबाट बचावटका लागि अन्र्तराष्ट्रिय सचेतना सप्ताह, कार्तिक ६ देखी १२ गते सम्म मनाउने क्रममा आइतबार वीरगंजको होटल भिश्वामा नेपालमा पेन्ट्समा लेडको मापदण्ड प्रभावकारी कार्यान्वयनमा सम्बन्धित कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

गोष्ठीमा मधेस प्रदे्रश अन्तर्गतको बारा पर्सा औधोगिक कोरिडोरमा रहेका करीब १४ वटा पेन्ट्स उधोग मध्ये ३३ प्रतिशत भन्दा बढी उधोगमा अझ सरकारले तोकेको मापदण्ड भन्दा बढी लेड पाईएको तथा त्यस आसपासका क्षेत्रमा बसोबास रहेका खासगरी करीब ५० जना बालबालिकामा गरेको परीक्षणमा शतप्रतीशत अर्थात ५० जना बालबालिकाको रगतमा नै लेड(सिसाको कण) रगतमा भेटीएको जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र काठमाडौका कार्यकारी निर्देशक एव् वातावरण बैजानिक राम चरित्र साहले जानकारी दिए । यो एकदमै चुनौतीपुर्ण तथा जोखीमयुतm अवस्था रहेको पनि उनले बताए ।

नेपालमा पाइने पेन्ट्समा प्राण घातक रसायन (लेड)को मात्रा अत्याधिक भएको पाइएको जनाईएको छ । जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र, (सिफेड) काठमाण्डौंले पर्सा बारा औधोगिक कोरिडोरमा हालै सम्पन्न गरेको एक सर्वेक्षणमा यस्तो पाइएको हो ।

डाल्मिया , तारा लगायतका पेन्ट उधोगहरुमा मापदण्ड भन्दा बढी लेड सबै भन्दा बढी पाईएको साहले बताए । मधेस प्रदेशबाट १४ वटा उधोगको नमूना लिईएकोमा १२ वटामा मापदण्ड भन्दा बढी लेड पाईएको साहले जानकारी गराए ।

विश्व स्वास्थ्य संगठनले जनस्वास्थ्यमा असर पार्ने १० रसायनहरु मध्ये लेडलाई एक प्रमुख रसायनको रुपमा पहिचान गरेको छ ।

लेडको सम्पर्कबाट विश्वमा बर्षेनी करिब १० लाख मानिसको मृत्यु हुने गरेको तथ्याङक छ ।

वीरगंजका बरीष्ठ बालरोग विशेषज्ञ डाक्टर शैलेश ठाकुरले पेन्ट्स , चकलेट लगायत अन्य विभिन्न खानेकुरा ,सामाग्रीमा पाईने सिसायुतm कण लेडका कारण मानिस र खासगरी गर्भवती र बालबालिकालाई लिभर , किड्नी लगायतमा असर पारीरहेको बताए । उनले बालबालिकाको शरीर कमजोर हुने भएकोले लेड शरीरमा गएपछि दीर्घरोकालिन रुपमा स्वास्थ्य समस्या निम्त्याउने गरेकोले यसको नियन्त्रण हुन आवश्यक रहेको बताए । उनले बालबालिकाको आनिबानीमा पनि केही सुधार ल्याउनुका साथै त्यस्ता लेड भएका हरेक सामाग्रीमा बन्देज लगाउने तथा आयातमा कडाई गर्न जरुरी रहेको पनि बताए ।

सरकारले २०७१ साल पुष ७ गते प्राण घातक रसायन लेड (शीसायुक्त) सम्बन्धि मापदण्ड बनाई राजपत्रमा प्रकाशित गरेको थियो । तर, उक्त मापदण्ड सार्वजनिक भएको वर्षाै लाग्दा पनि नेपालमा विक्री वितरणमा रहेका इनामेल र पेन्ट्समा मापदण्ड विपरित बढि (लेड) रसायन पाइएको छ ।
वीरगंजको जेन पेन्ट्समा लेडको मात्रा मापदण्ड भन्दा बढी पाईएको बैज्ञानिक साहले बताए ।तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरीष्ठ चिकित्सक डाक्टर भतm बहादुर केसीले जनता आफै पनि सचेत र चनाखो हुन जरुरी रहेकोले सरकारले दिएको अधिकार खासगरी स्थानीय सरकारले यसका नितिगत कार्यान्वयनमा ध्यान दिन पर्ने अवस्था रहेको बताए ।

यसका लागि ऐन, कानून, नीति, नियमावली र निर्देशिकाहरुमा लेड पेन्टसम्बन्धी मापदण्डको उचित समायोजन गर्ने÷गराउनुका साथै पेन्टमा तोकिएको लेडको मापदण्डअनुसार लेडको अधिकतम मात्रा ९० पि.पि.एम.हुनुपर्ने, बट्टामा लेडको मात्रा र व्यवसायजन्य सुरक्षासम्बन्धि साबधानी मूलक सन्देश अनिवार्य उल्लेख गर्नुपर्ने प्रावधानहरुको पुर्ण परिपालनामा जोड दिनुपर्ने बैज्ञानिक साहको भनाई छ ।
यसका साथै आफ्नो पेन्ट्समा लेडको अवस्था सुधार गर्ने प्रयासमा रहेका वीरगंजका पेन्ट्स उधोगहरुले आफ्नो उत्पदानमा लेडको मात्रा मापदण्ड अनुसारको गर्ने प्रयासमा रहेको बताएका छन् ।
उधोग विभागको तथ्यांक अनुसार १ सय ३० वटा पेन्ट उधोग दर्तामा रहेका छन् । जसमध्ये करीब ४० वटा उधोगको उत्पादन मात्रै बजारमा भेटीएको साहले जनााए ।मधेश प्रदेश अन्तर्गत करीब १० वटा पेन्ट्स उधोगहरु छन् । एउटा बहुराष्ट्रिय कम्पनी रहेको छ भने बांकी राष्ट्रिय कम्पनीहरु नै छन् ।

सुर्योदय युवा क्लबका अध्यक्ष राम अयोध्या प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र प्रसाद चुडाल , वीरगंजका वरीष्ठ बालरोग विशेषज्ञ डाक्टर शैलेश ठाकुर , मधेस प्रदेशको उधोग ,पर्यटन तथा वन मन्त्रालयकी उप सचिव अन्जना कायस्थ ,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ चिकित्सक डाक्टर भतm बहादुर केसी , विश्व स्वास्थ्य संगठन नेपालका वरिष्ठ कार्यक्रम अधिकृत राजाराम पोटे श्रेष्ठ , नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी लगायतले मन्तव्य व्यतm गरेका थिए

 

Leave a Reply