जितपुर,बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ निवासी राकेशभक्त पौडेलको हत्यामा संलग्नलाई पक्राउ गर्न प्रहरीले चासो नदेखाएको भनेर स्थानीयले गर्दै आएको सडक आन्दोलन बिहीवारबाट फिर्ता भएको छ ।

प्रहरीले मृतक पौडेलको सुनियोजित हत्या भएको र हत्याका दोषिहरुलाई चाढै पत्ता लगाएर कडाभन्दा कडा कारबाही गर्ने बताएपछि स्थानीय र आफन्तले गर्दै आएको आन्दोलन फिर्ता लिइएको मृतकका माइला दाइ राजेशभक्त पौडेलले बताउनुभयो ।

विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा मृतक पौडेलले करणी गर्न खोज्दा एक किशोरीको प्रतिकारका क्रममा मृत्यु भएको कुरामा कुनै सत्यता नरहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक योवराज तिमल्सिनाले बताउनुभएको छ । अनुसन्धानको क्रममा मृतक पौडेलको हत्या सुनियोजित तवरले भएको पाइएको र केहि दिनभित्र हत्यारा पत्ता लगाएर सार्वजनिक गरिने पनि उहाँले बताउनुभयो ।

हत्याको ३४ दिन पुरा भएपनि दोषि पत्ता लगाउन प्रहरी प्रशासन मुकदर्शक बनेको भन्दै स्थानीय र आफन्तले जीतपुरस्थित त्रिभुवन राजमार्गमा गर्दै आएको चक्काजाम फिर्ता भएको हो । दोषि पत्ता लगाएर सार्वजनिक गर्न माग गर्दै बुधवारदेखि स्थानीयले राजपथमा चक्काजाम गरेका थिए ।

गएको बैशाख २९ गते मध्य रातमा स्थानीय चित्रबहादुर केसीको घरमा पौडेलको हत्या भएको थियो । टाउकोको पछाडिपट्टीको भागमा धारिलो हतियारको प्रहारबाट गहिरो घाउ लागेको अवस्थामा पौडेलको शव फेला परेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here