मनोज शाह
जीतपुर,वीरगञ्ज महानगरपालिका– १० स्थित श्री रामजानकी मन्दिर परिसरमा सम्पन्न कानु समाजका अगुवा युवाहरूको विशेष बैठकले १५ सदस्यीय ‘कानु यूथ समाज’ गठन गरेको छ ।नवगठित समितिको अध्यक्षमा मनोजकुमार साह सर्वसम्मत रूपमा चयन हुनुभएको छ । समितिका अन्य पदाधिकारीहरूमा उपाध्यक्ष अञ्जन गुप्ता, सचिवमा पत्रकार श्रवणप्रसाद साह, सहसचिवमा शम्भुप्रसाद गुप्ता र कोषाध्यक्षमा विमलाकुमारी गुप्ता चयन भएका छन् ।

त्यसैगरी सदस्यहरूमा अनिलकुमार साह, अमरकुमार गुप्ता, दयानन्दप्रसाद गुप्ता, राजकुमार साह, राजन गुप्ता, हरिन्द्र साह कानु, गुड्डीकुमारी साह, अञ्जु साह र लखनलाल गुप्ता रहेका छन् ।
बैठक युवा बैंकर सन्तोषकुमार साहको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रममा अधिवक्ता आत्माराम गुप्ता, सन्तोषकुमार कानु, मनोहर साह, अर्जुन गुप्तालगायतको उपस्थिति रहेको थियो ।

नवनिर्वाचित अध्यक्ष मनोजकुमार साहले कानु युवाहरूको एकता, शिक्षा, सीप विकास, रोजगारी सिर्जना र सामाजिक सेवामा समाजले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “कानु युवाहरूका लागि साझा मञ्च निर्माण गर्दै कसैलाई पनि शिक्षा र अवसरका अभावमा पछाडि पर्न नदिने हाम्रो लक्ष्य हो,” उहाँले भन्नुभयो ।सभापति सन्तोषकुमार साहले नवगठित समितिलाई बधाई दिँदै युवाहरूमा देखिएको जाँगर र सक्रियता समाज रूपान्तरणतर्फको सकारात्मक संकेत भएको बताउनुभयो । “यो सुरुवातले कानु समुदायका युवाहरूलाई संगठित गर्दै सामाजिक तथा आर्थिक उत्थानमा महत्त्वपूर्ण योगदान पु¥याउनेछ,” उहाँले उल्लेख गर्नुभयो ।बैठकले ‘कानु यूथ समाज’लाई छिट्टै कानुनी रूपमा दर्ता गर्ने र निकट भविष्यमै वृहत् भेला तथा परिचयात्मक कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।

Leave a Reply