निजगढ,सर्पको टोकाइबाट निजगढ ९ तेर्सो लाईनमा शनिवार एकजना वृद्धको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय अन्दाजी ७३ वर्षिय विष्णु पौडेल रहेका छन । पौडेललाई साँझ ५ बजे विषालु सर्पले टोकेको थियो । घर पछाडिको बारीमा गएको बेला पौडेललाई सर्पले टोकेको हो । आफन्त र छिमेकीले सर्पले टोेकेलगत्तै उपचारको लागि निजगढस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याएको र उपचारको क्रममा उनको अस्पतालमा नै मृत्यु भएको हो । अस्पतालका चिकित्सकहरुले पौडेलको मृत्यु भएको घोषणा गरेका थिए ।सर्पको टोकेको केहीबेरमा नै अस्पताल पुर्याइएको भएपनि पौडेलको मृत्यु भएको छिमेकी गोविन्द खरेलले जानकारी दिनुभयो । सर्पले टोकेको १०÷१५ मिनेटभित्रै उपचारको क्रममा पौडेलको मृत्यु उहाँले जानकारी दिनुभयो । सर्पले टोकेको मानिसको यति छोटो समयमा नै मृत्यु यो घटना आफूले पहिलो पटक जानकारी पाएको खरेलको भनाइ छ । मृतक पौडेल लामो समयदेखि दम रोगबाट पनि पीडित हुनुहुन्थ्यो ।

Leave a Reply