जनकपुरधाम,मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रीहरूको कार्य विभाजन गर्नुभएको छ ।
मुख्यमन्त्री यादवले संविधानको धारा १६८ को उपधारा ९ अनुसार गत कात्तिक २३ गते नियुक्त भएका मन्त्रीहरूको कार्य विभाजन गनुृभएको हो । मुख्यमन्त्री कार्यालयका निमित्त सचिव शत्रुधन यादवका अनुसार मन्त्री लखनदास तत्माले ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्री र विमला अन्सारीले गृह सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
त्यसैगरी कञ्चन विच्छाले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । बाँकी मन्त्रालय भने मुख्यमन्त्री यादव आफैले राख्नुभएको छ ।मुख्य मन्त्री यादवले विवादका बिच होटलमा शपथ लिएको भन्दै चर्को आलोचना भएको थियो ।

















