धिरेन्द्र तिवारी

कलैया,जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी निरीक्षक सुरेन्द्र यादवले जिल्ला प्रहरी कार्यालय र प्रहरी उपरीक्षक होबिन्द्रं बोगटीलाई समेत बदनाम गराउने कार्य गर्दै आएका छन ।

प्रहरी निरीक्षक सुरेन्द्र यादवले अपराधीहरुलाई संरक्षण गर्दै आएका कारण जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटी बदनाम हुने अवस्था उत्पन्न भएको हो ।

जिल्ला प्रहरी कार्यालय बारामा बिगत डेढ वर्षदेखि कार्यरत प्रहरी निरीक्षक यादवले गर्दा अपराधिक क्रियाकलापमा संलग्नहरु उम्किदै आएका घटना नयाँ नभए पनि अपराधिक क्रियालापमा संलग्नहरुलाई समेत प्रहरी निरीक्षक यादवले संरक्षण गर्दै आएको हालै भएको एक घटनाले प्रमाणित गरेको छ ।

साउन २७ गते हिन्दुहरुको महान चाड रक्षा बन्धनको दिन कलैया उपमहानगरपालिका वडा नम्बर १४ बघवनमा स्थानीय रमेश ठाकुरलाई भारतीय नम्बरको मोटरसाइकलले ठक्कर दिदा यस्तो घटनाको रहस्य उजागर भएको हो । प्रहरी निरीक्षक यादवले मोटरसाइकल चोरीमा संलग्न मुख्य योजनाकारलाई उम्काउदै आएको तथ्य यस दुर्घटनाले प्रमाणित समेत गरेको छ ।

मोटरसाइकल दुर्घटनामा घाइते भएका ठाकुरलाई उपचार गराउनुको साटो मोटरसाइकल चोरको गिरोह गान्धी सहनीले चलाएको भारतीय नम्बरको मोटरसाइकलबाट दुर्घटना भइ फरार भए पनि जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षकहरुले संरक्षण गर्दै आएको घटनाले उजागर पारेको छ

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक बोगटी जिल्लामा आएको एक हप्ता नबित्दै मोटरसाइकल चोरको गिरोहलाई पक्राउ गर्न सफल भए पनि मुख्य योजनाकार सहनी हाल पनि फरार रहेको बारे जिल्ला प्रहरीको अभिलेखबाट देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय बारामा प्रमुख प्रहरी उपरीक्षक बोगटीले जिल्लाको ग्रामिण भेगदेखि शहरी क्षेत्रहरुमा आफ्नो टोली परिचालन गरेको दावी गरे पनि जिल्ला प्रहरी कार्यालयभित्र रहेका उजुरी फाँटका प्रहरी उपरीक्षक यादवले अवैध क्रियाकलापले प्रहरी उपरीक्षक बोगटीलाई बदनाम गर्ने अवस्था उत्पन्न भएको हो ।

दुर्घटनापछि फरार भएका सहनी मोटरसाइकल चोर गिरोहको मुख्य योजनाकार समेत रहेको भए पनि अपराधिलाई बचाउन उजुरी शाखाका प्रमुख प्रहरी निरीक्षक यादवको सहयोग र संरक्षणमा उनी उम्किदै आएको यस घटनाले प्रमाणित गरेको छ ।

घटना लगत्तै घाइते ठाकुरले जिल्ला प्रहरी कार्यालय बारामा उजुर गर्न गए पनि उजुरी दर्ता गर्न आनाकानी गरेर उल्टै मोटरसाइकल चोरका योजनाकार सहनीलाई प्रहरीले संरक्षण गर्ने गरेको रहस्य उजागर भएको छ । मोटरसाइकल चोरका योजनाकार सहनी फरार भए पनि बारा प्रहरीका यादवले आफ्नो कर्तुक लुकाउन विभिन्न हत्कण्डा प्रयोग गर्दै उपरीक्षक बोगटीलाई केही जानकारी नै नगराई मनोमानी तरिकाले उनलाई बचाउने प्रयासमा गर्दै आएका छन ।

प्रहरी निरीक्षक सुरेन्द्र यादवको मिलोमतो र आर्थिक प्रलोभनका कारण मोटरसाइकल चोर गिरोहका मुख्य योजनाकार उम्किदै आएको घटना प्रमाणित भएको छ ।

विगत केही दिनदेखि बारा र पर्सा जिल्ला लगायत रौतहट जिल्लामा समेत मोटरसाइकल चोरीमा संलग्न व्यक्तिहरुलाई बारा प्रहरीले पक्राउ गरे पनि मुख्य योजनाकार सहनीलाई अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।

त्यस्तै दुर्घटनामा संलग्न सहनीको बिषयमा खोज तलाश गर्दै जादा मुख्य योजनाकार रहेको बारे जिल्ला प्रहरी कार्यालय बाराको रेकर्डबाट प्रमाणित समेत भएको हो । तर अपराधीलाई संरक्षण गर्ने प्रहरी निरीक्षक यादवलाई प्रहरी उपरीक्षक बोगटीले कारबाही गर्न नसक्नुले सर्वसाधारणमा शंका उत्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय मातहतका युनिटहरुबाट मासिक रकम उठाउने र व्यापरीहरुसंग सेटिङ्ग गराएर प्रहरी निरीक्षक यादवले बिगतका प्रहरी उपरीक्षक उपरीक्षकहरुको आचरणमा ढेस पुर्याएका थिए । यसअघि प्रहरी निरीक्षक यादवका कारण तत्कालिन प्रहरी उपरीक्षक दिपेन्द्र शाही दिपिल सिंह देउवालगायत बदनाम हुदै आएका थिए ।

Leave a Reply