वीरगन्ज, सशस्त्र प्रहरी पर्साले ४ लाख मूल्य बराबरको किराना सामान बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ कुमाल टोलबाट सशस्त्र प्रहरीले सो मूल्य बराबरको अवैध किराना सामान बरामद गरेको हो । कुमाल टोलस्थित एक तले घरमा भण्डारण गरी राखेको अवस्थामा बि.ओ.पि. सिर्सिया, सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले छापामारी गरी अन्दाजी ४ लाख ३१ हजार ५ सय १० रुपैया बराबरको किराना सामानहरु बरामद गरेको प्रहरीले जनाएको छ । बरामद सामाग्री आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी पर्साका प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here