पुष्पराज खतिवडा
मनहर्वा,बारा
२५ बैशाष २०७८
बाराको मानमत कलैया सडकमा टिपर आतंक बढेको छ । बालुवा ढुङ्गा ढुवानीमा प्रयोग ठेकेदारका टिपरको ठक्करबाट दिनहुँजसो हुने दुर्घटना हुने गरेको छ । तिब्रगतीमा रहेको प २ ०३ ००१ ख १४४५ नम्बरको टिपरले शनिबार साँझ जीतपुरसिमरा उपमहानगरपालिका १८बडहर्वा माथ्लोटोलमा एकजनालाई ठक्कर दिँदा उनी गम्भीर घाईते भएका छन् ।
स्थानिय नमराज थापालाई टिपरले ठक्कर दिई गम्भीर घाईते बनाएको हो । उनको जिल्ला अस्पताल कलैयामा प्राथमिक उपचारपछी थप उपचारका लागि विरगजं पठाईएको छ । गत सातामात्रै स्थानिय ढकनारायण पराजुली समेत टिपरको ठक्करबाट घाईते भएका थिए । केही साता पहिला ५बर्षिया बालिकालाई टिपरले ठक्कर दिएको थियो । नियमितजसो टिपरकाबाट स्थानिय घाईते भएपछि स्थानिय आक्रोशित बनेका छन् ।
कोरोना महामारीका विच सरकारले निषेधाज्ञा जारी गरेपनि टिपर भने निर्वाद संचालन हुँदै आएका छन् । यसैविच शनिबार साँझ स्थानिय थापालाईलाई टिपरले ठक्कर दिएको घटना प्रति आक्रोषित स्थानियले टिपर तोडफड गर्दा प्रहरीसँग झडप भएको छ । झडपका क्रममा प्रहरी चौकी जैतापुरका प्रहरी सहायक निरिक्षक बलराज गिरीले प्रयोग गर्दै आएको ओकेटोके हराउको छ ।
आक्रोषित स्थानियलाई तितरविर गर्ने क्रममा उनीमाथी समेत हातपात भएको र सोही क्रममा काँधमा भिरेको ओकेटोके हराएको गिरीले जानकारी दिए ।
स्थानिय थापालाई ठक्कर दिने माथी नम्बर उल्लेखित टिपर समेत खाल्डोमा झरेको छ । खाल्डोम ाझरेको टिपरका चालक सकुसल रहेपनि टिपरकोको ठक्करबाट स्थानिय विनिता गौतम्को किराना पसलमा क्षेती पुगेको असई गिरिले बताए । थापालाई ठक्करदिने टिपर प्रहरी नियन्त्रणमा रहेको र चालकको खोजी भैरहेको उनले बताए । टिपरको ठक्करबाट गम्भि र्घाईते भएका थापाको अवस्था सामान्य रहेको असई गिरिले जानकारी दिए ।