राजन कुमार बानिया
पर्सा ७ चैत,राष्ट्रिय स्वतन्त्र पार्टी छिपहरमाई गाउँपालिकाले होली मिलन समारोह तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।रास्वपाले छिपहरमाई गाउँपालिका वडा नम्बर १ मिर्जापुर बजारको सटरमा बिहीवार होली मिलन समारोह तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।
सो कार्यक्रममा होलीको शुभकामना अदानप्रदान गर्नुको साथै एक आपसमा भाइचारा कायम गरि होली मनाउन वक्ताहरुले आग्रह गरेका छन् ।स्थानीय दलित समुदायका जेष्ठ नागरिक बनारसी महराको प्रमुख अतिथ्यतामा भएको कार्यक्रमको सभापतित्व पर्सा क्षेत्र नम्बर ४ का क्षेत्रीय सभपती जितेन्द्र मिश्राले गर्नुभएको थियो ।कार्यक्रममा मधेस प्रदेश सदस्य कृष्णा पासवान, होटल व्यावसायी संघका अध्यक्ष केन्द्रीय पर्यटन विभाग सचिव हरि पन्त, सुदिश प्रजापति, प्रभातकुमार चौरसिया, उमेश यादव, मनमोहन यादव, बिकी यादव, धर्मेन्द्रप्रसाद यादव लगायतको सहभागिता रहेको थियोे ।
















