नरेश गुप्ता
बरियारपुर,संघीय सरकारका गृहमन्त्री बालकृषण खाड सोमवार बाराको ऐतिहासिक नगरी सिम्रौनगढमा आउनुहुने भएको छ ।
नेपाली कांग्रेस बारा क्षेत्र नम्बर १ क्षेत्रीय कार्यसमितिको आयोजनामा सिम्रौनगढमा हुन लागेको पार्टी प्रवेश कार्यक्रम तथा आमसभामा सहभागी हुन गृहमन्त्री खाड बारा आउन लाग्नु भएको क्षेत्रीय सभापती एंव सिम्रौनगढ नगर प्रमुख बिजयशंकर यादवले जानकारी दिनुभयो ।
नेपाली कांग्रेस केन्द्रीय सद्स्य एव संघीय सरकारका गृहमन्त्री खाड सिम्रौनगढ आउने कार्यक्रम निश्चित भएपछि बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालसहित नेपाल प्रहरीका बारा जिल्ला प्रमुख प्रहरी उपरीक्षक दिलिप सिह देउवाको टोलीले आइतवार सिम्रौनगढस्थित रानिबास मन्दिर नजिकको क्रिकेट मैदानको निरीक्षण गर्नुभएको छ ।
गृहमन्त्री खाडको आगमनको बेला जिल्लाको शान्ति सुरक्षा सुदृढ पार्न र अन्य आवश्यक तयारीको लागि स्थानीय प्रहरी÷प्रशासनका प्रमुखसहितको टोलीले कार्यक्रम स्थलको निरीक्षण गरेको हो । गृहमन्त्री खाड सिम्रौनगढ आउने कार्यक्रम निश्चित भएपछि जिल्लामा शान्ति सुरक्षाको अवस्था पनि कडा पारिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।