सिमरा,बारा होटल तथा पर्यटन व्यवसायी संघको सधारण सभासहितको अधिवेशन मंसिर १३ गते हुने भएको छ ।
आइतवार बसेको पदाधिकारीहरुको बैठकले बाराको अमलेखगंजस्थित एलिफेन्ट भिलेज रिसोर्टमा आगामी मंसिर १३ गते होटल तथा पर्यटन व्यवसायी संघ र बारा होटल तथा पर्यटन सहकारी संस्था सिमराको संयुक्त साधारण सभा तथा अधिवेशन हुने भएको हो ।
दुबै संस्थाको कार्यक्रम बिहान ८ः३० बजेदेखि सुरु हुने बारा होटल तथा पर्यटन ब्यवसायी संघका अध्यक्ष अर्जुन लम्सालले जानकारी दिनुभएको छ । साधारण सभामा सहकारी संस्थाको संस्थागत विकास, आर्थिक प्रतिवेदन, आगामी कार्ययोजना तथा पर्यटन क्षेत्रको विस्तारका लागि आवश्यक रणनीतिहरूबारे विस्तृत छलफल कार्यक्रममार्फत हुने अध्यक्ष लम्सालले बताउनुभएको छ ।



















