वीरगञ्ज, २५ कात्तिक । नेकपा (एमाले) छिपहरमाई गाउँपालिकाले पालिकास्तरीय जनसभा कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रममा पूर्वमन्त्री पूर्वमन्त्री राजकुमार गुप्ताले नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व मुलुकको राजनीतिक स्थायित्व र विकासका लागि आवश्यक रहेको दाबी गरेका छन्। कार्यक्रममा सम्बोधन गर्दै गुप्ताले भने, “केपी ओली कुनै सामान्य राजनीतिक नाम मात्र होइन, स्थिरता र विकासको पहिचान हो।” उनका अनुसार एमालेले देशमा सुशासन, भौतिक पूर्वाधार विस्तार र राष्ट्रिय हितको रक्षा गर्दै आएको छ।

गुप्ताले हालका राजनीतिक विवाद र विघटनकारी क्रियाकलापबारे सतर्क रहन आग्रह गर्दै एमाले जनताको अपेक्षाअनुरूप काम गर्ने पार्टी भएको बताए। उनका अनुसार रोजगारी, आर्थिक वृद्धि र समृद्ध राष्ट्र निर्माण एमालेको प्राथमिकतामा छन्।

कार्यक्रममा केन्द्रिय सदस्य अरविन्द सिंह, पूर्व प्रदेश सांसद प्रह्लाद गिरी, गाउँपालिका अध्यक्ष मनोज गुप्ता, प्रदेश तथा जिल्ला कमिटीका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, महिला तथा युवा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। वक्ताहरूले आगामी निर्वाचनमा पार्टीलाई सशक्त रूपमा अगाडि बढाउन संगठन सुदृढीकरण र कार्यकर्ता एकताको आवश्यकता औंल्याए।

कार्यक्रमको अन्त्यमा सहभागीहरूले पार्टी तथा नेतृत्वप्रति समर्थन व्यक्त गर्दै संगठन विस्तार र चुनावी तयारीमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका थिए।

Leave a Reply