विश्वका कतिपय देशमा र कतिपय व्यक्तिहरु एक पटक देशको मुख्य पदमा पुगेपछि फेरि त्यो पदमा जानमरिहत्ते गर्दैन् अथवा उनीहरु पूर्व भएपछि सामान्य जीवन बिताउन चाहन्छन् ।नेपालको सवालमा पनि केही व्यक्तिहरुमा त यो कुरा लागू पनि हुन्छ तर केहीमा भने यो लागू भएको देखिदैन अथवा लागू नगर्न खोजेको हो कि जस्तो पनि देखिन्छ ।
विशेषगरी एमालेबाट राष्ट्रपति बन्नुभएकी विद्या भण्डारी र माओवादीबाट उपराष्ट्रपति बन्नुभएका नन्दबहादुर पुनको विषयमा बढी चर्चा भइरहेको देखिन्छ र उनीहरुको केही क्रियालकापले होकि जस्तो पनि देखिन्छ ।
पूर्व राष्ट्रपति,उपराष्ट्रपति भइसकेका व्यक्ति पार्टीको बैठकमा सहभागी हुने अनि सक्रिय राजनीतिको अभ्यास गर्न खोज्नाले यसले पूर्व अथवा सम्मानित पदमा रहेर पनि पार्टीको गतिविधिहरुमा सक्रिय रहने प्रवृत्तिले अपमान हुने देखिन्छ नै । यी दुई पद भनेको संबधानतः सम्मानित पद हो । सम्मानित पदमा पुगेपछि फेरि किन पार्टीको कार्यकर्ता बन्न पर्यो र ? यो प्रश्न अहिले पुन र भण्डारीको विषयमा उठ्ने गरेको छ ।
अहिले उनीहरु पार्टीमा आइहालेका त छैनन् तर नआउलान् भन्न पनि सकिन्न । पार्टीका अरु कोही नभए जसरी विद्या भण्डारी र नन्दबहादुर पुनलाई सक्रिय बनाइनु दुःखद पनि हो । संधै एउटै व्यक्तिले उच्च पदको लोभ लालच गर्दै जाने हो भने अरुको पालो आउने संभावना यसै पनि कम हुन्छ नै । यसरी अरुलाई पनि पालो आउन नदिने गरी आफू बाँचुन्जेल पदमा नै बस्न खोज्ने प्रवृत्ति गलत हो । यस्तो प्रवृत्तिको विरोध हुन जरुरी छ ।














