दिपेन्द्र जैसवाल
गन्जभवानीपुर,जनजागरण युवा क्लब (जेजेवाइसी) बाराको २६औं वार्षिक साधारणसभा तथा समाजिक परीक्षण कार्यक्रम आइतवार कलैयामा सम्पन्न भएको छ ।
क्लबका अध्यक्ष भैयाराम यादवको अध्यक्षता र जीतपुरसिमरां उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलको प्रमुख अतिथ्यतामा भएको सो कार्यक्रममा क्लबका कोषाध्क्ष सियाराम यादवले आर्थिक प्रतिवेदन र वार्षिक प्रतिवेवेदन डा. श्रीनिवास बैठाले प्रस्तुत गर्नुभएको थियो ।
कलैयास्थित दरबार होटलमा भएको सो साधारणसभामा क्लबका उपाध्यक्ष राजदेव साह, बाराका प्रमुख जिल्ला अधिकारी शशीधर घिमेर, कलैया उपमहानगर पालिकाका शिक्षा शाखा प्रमुख प्रह्लाद बर्णवाल, महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रप्रसाद यादव, कोल्हबी नगरपालिकाका नगर प्रमख रामप्रसाद चौधरीलगायतले साधरण सभाको सफलताको लागि शुभकाना व्यक्त गर्नुभएको थियो ।

Leave a Reply