आर के चौधरी

सखुवाप्रसौनी,पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर २ सेढवामा निर्माण भएको पिउने पानीको ओभरहेड ट्याङ्की १० वर्षदेखि संचालनमा आएको छैन ।

डिभिजन खानेपानी तथा सरसफाइ कार्यालय पर्साद्वारा ०६८ सालमा लाखौं रुपैया खर्च गरेर निर्माण गरिएको ओभरहेट पानी ट्यान्की संचालनमा नआउदा स्थानीय बासिन्दा स्वच्छ पिउने पानीबाट बन्चित बनेका छन ।

करिव २ करोड बजेटको लागतमा निर्माण भएको सो पानी ट्याङ्की संचालनमा ल्याउने बारेमा डिभिजन खानेपानी तथा सरसफाइ कार्यालय पर्साले चासो नदेखाएको ट्याङ्की निर्माण उपभोक्ता समितिका अध्यक्ष जिराभवानी गाउँपालिका वडा २ का हरिनारायण यादवले बताउनुभयो । अध्यक्ष यादवका अनुसार कार्यालयले ठेक्कामार्फत सो ट्याङ्की र दुई कोठे भवन पनि निर्माण गरेको हो । गाउँपालिका कार्यालय पनि पानी ट्याङ्गी संचालन गरेर प्रयोगमा ल्याउन चासो नदेखाएको अध्यक्ष यादवले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here