विश्वका धेरै देशमा बलात्कारजन्य घटनामा संलग्नहरुलाई फाँसीको व्यवस्था छ । नेपालमा भने जवरजस्ती करणीमा पनि कडा कानुन छ । सर्वश्व सहित जन्मकैदको व्यवस्था कानुनमा छ र कयौं कारागारमा करणी मुद्दाका आरोपीहरु पनि छन् । आरोपी मात्र नभइ बलात्कारी नै छन् भन्दा पनि फरक नपर्ला तर नेपालको मौजुदा कानुनमा बलात्कारको सवालमा उमेर हद भने छ । बलात्कार भन्ने शब्द सुन्दा पनि घृणाा उत्पन्न हुने कुरा हो र यसमा संलग्न हुने भन्ने कुरा त सभ्य समाजका लागि कल्पनाभन्दा धेरै परको कुरा हो ।
तैपनि समाजमा छोरी चेलीहरु यसको सिकार भइरहेका छन् । विवाह फरक कुरा हो भने बलात्कार अपराध हो । तर नेपालमा यस्ता घटनाहरु भइरहेको सुनिनछ तर जिम्मेवार ठाउँमा रहेका व्यक्तिमाथि नै यस्तो धम्की आएको कुरा सार्वजनिक भएको छ । वास्तवमा जो कोहीमा पनि यस्तो हुनु नै हुन्न । मेयर सार्वजनिक पद धारणा गरेको व्यक्ति हो । कम्तीमा उसले कानुनको कुरा बुझेको हुन्छ र अपराधीलाई कारबाहीको दायरामा ल्याउनसक्छ भन्ने हिसावले मेयरलाई त यस्तो धम्की आउछ भने आम चेलीहरुको अवस्था कस्तो होला ?
सहजै अनुमान लगाउन सकिन्छ । कुरा हेटौंडाको मेयरको हो । मेयर मीनाकुमारी लामाले आफूले समस्या नै झेल्न नपरेको भए यो पीडा सामाजिक संजालमार्फत पक्कै व्यक्त गर्नुहुन्थेन होला तर उहाँले सार्वजनिक गरेको स्टाटसले भने धेरैलाई स्तब्ध बनाएइको छभने कयौंमा चिन्ता थपिएको छ ।यदि त्यस्तो धम्की आएको हो भने छोरी चेली सुरक्षित हुने ठाउ खोइ भन्ने गम्भीर प्रश्न खडा गरिदिएको छ र यो सत्य कुरा बाहिर आउनुपर्दछ र यस्ता अपराधमा संलग्न जो भएपनि कडा कानुनी कारबाही हुनु पर्दछ । मेयरले स्टाटस लेखेर मात्र होइन फलाना फलाना हुन् भनेर थुनाउन पनि सक्नु चैं पर्दछ ।













