सिकिन्द्र साह
सिम्रौनगढ,बिश्वव्यापी रुपमा फैलिएको कोभिड १९ बाट मृत्यु भएका व्यक्तिको परिवारलाई पचरौता नगरपालिकाले आर्थिक सहयोग गरेको छ । नगर प्रमुख रमेशकुमार यादवले आइतबार एक कार्यक्रमबीच उपचारको क्रममा मृत्यु भएकाहरुको परिवारलाई उपचार खर्चको ५० प्रतिशतले हुन आउने रकमको चेक हस्तान्तरण गर्नुभएको छ ।
उपचारको क्रममा कोरेणा भाइरस संक्रमितबाट मृत्युु भएकाहरुका आफन्तलाई नगरपालिकाले उपचारको ५० प्रतिशत रकम बेहोर्ने निर्णय गरेको थियो । पचरौता नगरपालिका वडा नम्बर १ का बिनोदकुमार यादवको कोरोनाबाट संक्रमित भइ उपचारको क्रममा मृत्युु भएपछि विनोदका भाइ भाइ सुबासकुमार यादवलाई उपचार खर्च बापत तिन लाख तीन हजार दुई सय पैतीस रुपैयाको चेक हस्तान्तरण गरिएको थियो । त्यसैगरी कोरोनाबाट मृतक गनेस चौधरीकी छोरी अन्जनालाई दुई लाख अठसठ्ठ हजार आठ सय, मृतक माया देबीको श्रीमान जोगिन्द्र मुखिया बिनलाई पनि एक लाख अठचालिस हजार पचहत्तर रुपैयाको चेक वितरण गरिएको थियो ।
नगरपालिकामा संक्रमित भएका २४ जना मध्ये ४ जनाको मृत्यु भएको थियो । मृतक परिवारमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव, स्वास्थ्य शाखा संयोजक नवलप्रसाद यादव, शिक्षा तथा खेलकुद शाखा संयोजक प्रमोदप्रसाद यादव र संचारकर्मीहरुको रोहबरमा नगर प्रमुख यादवले चेक हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुखले यादबले नगरपालिका जहिले पनि जनताको सेवामा समर्पित हरेको भन्दै आफन्तको मृत्युबाट दुखमा परेको परिवारमा आफुहरुले थोरै भएपनि मलहमपट्टी गर्ने प्रयास गरेको बताउनुभयो ।