नरेश गुप्ता
बरियारपुर –  बाराको महागढीमाई नपा ५ कवही जब्दिको स्थानीय दलित , अपांग र असहाय महिला पुरुषलाई बुधबार  कम्बल  बितरण गरिएको छ । कम्बल  बितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख उपेन्द्र  प्रसाद यादवले शितलहर बाट आफू वचन र अरुलाई बचाउन आग्रह  गर्नु भएको छ ।
चिसो र शितलहर छल्न नगरपालिकाले आगो बाल्न दाउरा बितरण र न्यानो  कपडा समेत असहायलाई बितरण गर्दै आएको बताउनु भयो । महागढीमाई नगरपालिकाको वडा न १ देखि ११ सम्मको स्थानीय  दलित , अपांग  र असहायलाई कम्बल बितरण गर्ने कार्यक्रम  रहेको वहाले जानकारी  गराउनु भयो ।
स्थानिय कवही जब्दिको ३५ जना असहायलाई कम्बल  बितरण गरिएको प्रशासन शाखा प्रमुख  गनायक ठाकुरले बताए ।सो अवसरमा  वडा अध्यक्ष  गजेन्द्र जैसवाल , महागढीमाई नपाको सल्लाहकार भैयारम यादव , अंगत पाण्डे , शस्त्र  बेस क्याम्प बरियारपुरको शस्त्र  प्रहरी  निरीक्षक  सुदर्शन  अर्याल  संचारक्रमिको सहभागिता रहेको थियो ।

Leave a Reply