भनिन्छ नयाँ जोगीले धेरै खरानी घस्छ रे, यसको अर्थ कुनै पनि नयाँ कुराको महत्व धेरै हुन्छ भन्न खोजिएको होला । हालै सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभामा पनि केही नयाँ अनुहारले चुनाव जितेका छन् । केही युवा वर्गका व्यक्तिहरुले चुनाव जितेका कारण पनि उनीहरुमा युवा जोस र जाँगर रहेको कुरा स्पष्ट नै छ । तर, केहीले भने तीनै युवा सांसदहरुलाई लक्षित गरी नयाँ जोगीले खरानी धेरै घस्ने कुरा गरेका छन् ।

काम गर्ने क्रममा देखिएको तीव्रतालाई लिएर पुराना सांसदहरुले यस्तो टिप्पणी गरिरहँदा जनताको मतबाट बिजयी भएका नयाँ अनुहारका लागि चुनौतिकै बिषय बनेको छ । सांसद बनेका युवा जमातले सदनको स्वादभन्दा पनि जनताको सेवामा अलि बढी केन्द्रित हुन खोजेको जस्तो देखिन्छ । उनीहरुले जनताको काम गर्नु सहनीय हो । मन जित्नु पनि पर्दछ ।

नत्र जुन जोगी आए पनि उस्तै भन्ने कुरा नागरिकहरुलाई पर्छ भने पुराना व्यक्तिहरुले भन्ने गरेको नयाँ जोगीले खरानी धेरै घस्छ भन्नेलाई पनि पुष्टि हुने गर्दछ । त्यसैले उनीहरुले आफ्नो कामको स्प्रीड र जनतामा रहने कुरामा कुनै कन्जुस नगरुन् यही चाहना हो सबैको र यसतर्फ युवा जमातका सांसदहरुले बेलैमा ख्याल गर्न आवश्यक छ ।

Leave a Reply