वीरगन्ज– पथलैया सडकखण्डमा यात्रा गर्ने क्रममा यस क्षेत्रको सडक विस्तार कार्य अब धेरै निर्माण हुन बाँकी रहेको जस्तो देखिदैन । यो करिब ३० किलोमिटरको सडकखण्ड भने करिब ६ वर्ष अगाडिबाट नै निर्माण शुरु भएको हो । ६ वर्ष अगाडिबाट निर्माण शुरु भएको यो सडकखण्डको कामले अब गति लिएको र चाँडै सकिने आश गरिएको छ ।

अहिले अब जीतपुर क्षेत्र बाहेक अन्य स्थानमा सडक बनिसकेको भन्न पनि सकिन्छ । केही स्थानमा मर्मत तथा बनाउने कार्य जारी रहेको भएपनि अब धेरै स्थानमा भने बनाउन बाँकी छैन । त्यसैले पनि अब यो या त्यो बाहनामा यो सडकखण्ड निर्माणमा ढिलाइ गरिनु भनेको आफैमा फेरि पनि यात्रुहरुलाई धोका दिने कार्य मा त्रै हो ।

त्यसैले पनि अब यो सडक निर्माण कार्य अन्तिम समय भनिएको फागुन मसान्तसम्म्ममा नै बन्नु पर्दछ । अब यो भन्दा समय थप नहोस् सबैको चाहना हो । यो सडक बनाउनका लागि र पटक पटक म्याद थप गरिएका कारण पनि करोडौं त यसैपनि घाटा भइ नै सकेको छ अब नहोस् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here