कोल्हबी,कोल्हबी नगर उद्योग बाणिज्य सङ्घको अध्यक्ष पदमा रामप्रसाद प्रसाईं अत्याधिक मतले निर्वाचित हुनुभएको छ ।शनीवार भएको मतदानमा १ सय ५७ मत प्राप्त गरेर प्रसाई अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । अध्यक्ष पदका अर्का प्रतिस्पर्धी लक्ष्मीप्रसाद साह कलवारले ९१ र प्रमोद साहले ४९ मत प्राप्त गरेका थिए ।त्यसैगरी वाणिज्यतर्फ उपाध्यक्ष पदमा प्रेमनारायण चैधरी १ सय ८३ मत पाएर विजयी हुनुभएको छ । उपाध्यक्ष पदमा प्रहलाद साह तेलीले ९८ र कैलाश साह तेलीले १५ मत प्राप्त गर्नुभएको थियो । उद्योगतर्फको उपाध्यक्ष पदमा भने १ सय १६ मत पाएर रमेश बिश्वकर्मा विजयी हुनुभयो । उहाँका प्रतिव्दन्दी बिनोद साहले १ सय ४ र धनीशंकर साहले ७३ मत पाउनुभएको थियो ।
त्यसैगरी संघको महासचिव पदमा १ सय ७० मतका साथ हरिओमकुमार साह विजयी हुनुभएको छ । सोही पदमा शम्भु साह कलवारले १ सय २१ मत प्राप्त गर्नुभएको थियो ।
कोषाध्यक्ष पदमा भने प्रेमकुमारी चौधरी १ सय १३ का साथ विजयी हुनुभएको छ । कोषाध्यक्ष पदका प्रत्यासी राजु लामाले १ सय ७ र राजनकुमार जैसवाल ७१ मत पाएका थिए ।त्यस्तै सचिव पदमा बिरेन्द्र गुप्ता विजयी हुनुभयो । गुप्ताले १ सय ३९ मत प्राप्त गर्दा प्रतिव्दन्दी सुनिलकुमार साह र राजकुमार साहले क्रमस ७८ र ७३ मत पाएका थिए ।उद्योगतर्फको सदस्य पदमा भने सुबास मैनाली १ सय ४८ मतका साथ विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी सुरेशकुमार दासले १ सय ३८ प्राप्त गर्नुभएको थियो । कुल ३ सय ५३ मतदाता सदस्य रहेको संघको निर्वाचनमा ३ सय ४१ जनाले मतदान गरेका थिए ।कोल्हबी प्रसाईं स्टेसनरीका सञ्चालक रामप्रसाद प्रसाईंको यसअघि संघको उपाध्यक्ष हुनुहुन्थ्यो ।


















